बागलुङमा पनि मनाइयो २०७ औं भानु जयन्ती

आदर्श अनलाईन, बागलुङ
आदिकवी भानुभक्त आचार्यको स्मृतिमा २ सय ७ औं भानु जयन्ती बागलुङमा एक समारोका बीच मनाइएको छ ।

धौलागिरी साहित्य प्रतिष्ठानको आयोजनामा चिप्लेटी वसपार्क (प्रस्तावित भानुपार्क)मा भानु जयन्ती मनाएको हो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले नेपाली भाषा संरक्षणका लागि भानुले गरेको योगदान सदैव स्मरण गर्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्यामपसमा उपप्राध्यापक हरिप्रसाद पाण्डेयले भानुभक्तका तत्कालिन कृतिले नेपालको वर्तमान अवस्थालाई झल्काएको बताउनुभयो । कार्यक्रममा बिद्यामन्दिर माबिका पूर्व प्रअ जनन्नाथ आचार्य, मुलपानी माबिका पूर्व प्रअ मेघराज पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस अघिका भानु जयन्तीमा भानु चित्रलेखन, लगायतका क्रियाकलाप गरिदै आएकोमा कोरोेना कहरका कारण सामान्य रुपमा कार्यक्रम मनाइएको हो । धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव राम थापा अविरलकोे संचालन र कोपिला कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *