पर्वतमा नहरमा डुबेर बृद्धको मृत्यु

आदर्श अनलाइन/पर्वत
जिल्लाको फलेवासमा एक बृद्धको नहरमा खसेर मृत्यु भएको छ ।

फलेवास नगरपालिका ५ खानीगाउँका ७२ वर्षिय भीमबहादुर कुँवरको गाउँको सिँचाई नहरमा खसेर ज्यान गएको हो । बुधवार दिउँसो बाख्रा चराउन गएका बेला हराएका कुँवरको बिहिवार बिहान मात्र नहरमा शव भेटिएको प्रहरी चौकीका इञ्चार्ज विक्रम केसीले बताउनुभयो ।

बाख्रा लिएर बनमा गएका कुँवर साँझ अबेर सम्म नफर्किएपछि परिवारले खोजी गरिरहेका थिए । खोजीको क्रममा विहान नहरमा शव भेटिएको चौकी इञ्चार्ज केसीले बताउनुभयो । नहरमा भेटिएको शव प्रहरीले पोष्टमार्टमा लागि पर्वत अस्पतालमा पठाएको छ ।

यो पनि पढ्नुहोस्

पर्वतमा नहरमा डुबेर बृद्धको मृत्यु

  1. दु:खद घटना भाबपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु नहरमा डुबेर मृत्यु हुने बुवा प्रति

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *