नबिल बैंकले ल्यायो ‘नबिल डिजी बैंक’को नयाँ सुविधा

साधना पन्त, बागलुङ

नबिल बैंकले बैंक भित्रको डिजिटल बैंकको अवधारणामा “नबिल डिजि बैंक” स्थापनाको घोषणा गरेको छ ।

बैंकले ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त कार्यक्रम घोषणा गरेको हो ।

बैंकले नबिल डिजि बैंक सेवा मार्फत ग्राहकवर्गले आफुले चाहेको समय, ठाउ“ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरि बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ ।

कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताउनु भयो । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको उहाँको भनाई छ । रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको भारतको आइ.सि.आइ.सि.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीस“ग रणनैतिक साझेदारी आरम्भ गरिसकेकोे शाहको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *