प्रवृत्तिजन्य खराबीको खतरा

सम्पादकीय
मानिस सत्ता, शक्ति र सम्पतिका लागि लालायित छ । र त अधिक मानिसको विहानदेखि बेलुकी सम्मको दैनिकी दौडधुप यसकै लागि हुने गरेको छ । र यस बिना मानिसहरु छटपटि, पीडा र डिप्रेशनमा बाँचिरहेका कैयन घटना छन् । यति मात्र होइन, सत्ता शक्ति र सम्पतिको चरमचुलीमा पुग्न मानिसले कुन र कस्तो बाटो हिडिरहेका छन् ? कस्ता पद्धतिहरु अपनाइरहेका छन् ? कुन हद सम्म त्यस्ता पात्रहरुको चाकडी चाप्लुसी गरिरहेका छन् ? माथिदेखि तल्लो तह सम्म तपाई हाम्रै समाज र सेरोफेरोमा पनि दर्जनौ छरपष्ट घटना र परिदृश्य छन् । यसकै कारण हामी हरिद्धारलाई पनि कहिले मलद्धार देख्छौ या बनाउछौ । कहिले मलद्धारलाई पनि हरिद्धार देख्छौ र बनाउने दुश्प्रयास गर्छौ ।

यो पात्रसँगै प्रवृत्तिजन्य समस्या हो । बागलुङकै पछिल्ला घटनालाई प्रवृत्तिजन्य हिसावले हेरौ । कति सही या गलत हो ? त्यसको असली अध्ययन, बिश्लेषण र मुल्यांकन गरौ । बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बजारमा पानी हाहाकार भए पछि डेलिगेशन गएका नागरिक अगुवा सहितको टोलीसँगको छलफलमै अश्लिल शव्द प्रयोग गरेर भनाभनमै उत्रिए । सार्वजनिक संस्थाको नेतृत्व गरेका व्यक्तिका लागि यो खालको व्यवहार र प्रस्तुती कदापी शोभनिय बिषय थिएन । खानेपानी योजनाकै बिषयलाई लिएर बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्काले निर्माण व्यवसायमा सक्रिय ऋषिराम रेग्मीलाई बजारकै एक रेष्टुरेन्टमा झापड हाने या हातपात गरे । उपमेयरले आफ्ना कर्मचारीलाई मुल्यांकनको बिषयलाई लिएर धम्की दिएको र आफुलाई लाञ्छित गरिएकाले हातपात गरेको दावी गरेका छन् । उनको दावी या तर्क कसैलाई स्वभाविक लाग्न सक्छन् । तर, सार्वजनिक पद धारण गरेको व्यक्तिले राज्यको कानुनलाई ठाडै चूनौती दिने कार्य कानुनी बिधिका शासनका हिसावले सहजै छुट दिने सामान्य बिषय कदापी होइन । र कृषि विकास बैंकका कर्मचारी समेत रहेका ठेकेदार ऋषिराम रेग्मीले नगरपालिकाका इञ्जिनियरलाई जे जस्तो शैलीमा धम्काउने र थर्काउने गरेका छन् । यो प्रवृत्ति पनि हाम्रा विकासको घातक प्रवृत्ति हो ।

यि त प्रतिनिधिमूलक घटना र उदाहरण हुन् । यस्ता अनेक प्रवृत्ति समाजमा विद्यमान छ । अतः सार्वजनिक जिम्मेवारी लिइ सके पछि त्यसका निश्चित सामाजिक र सार्वजनिक दायित्व, जिम्मेवारी र भुमिकाहरु हुन्छन् । त्यो इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ । यसक्रममा अनेकन खराब पात्र र प्रवृत्तिहरु देखिन भेटिन सक्छन् । यस्ता पात्र र प्रवृत्तिबाट जोगिने या उनीहरुलाई बदल्ने तर्फ लाग्नुपर्छ । पात्र र प्रवृत्ति बदल्ने भनेको वर्तमान व्यवस्था, बिद्यमान ऐन, कानुन, नियमको पूर्ण परिपालना भित्रैबाट खोज्ने हो । समाजलाई जरुर बदल्ने हुटहुटिमा कानुन र व्यवस्थालाई चूनौती दिने कार्यले राम्रो नजिर स्थापित गर्दैन । यसमा कुनै व्यक्ति बिशेष हुँदा या देखिदा सहज र समाधान हुने अन्यथा पुरानै प्रवृत्ति र परिपाटी हावी हुन सक्छ । त्यसैले खराब पात्र मात्र होइन, खराब प्रवृत्ति र अभ्यासहरुको अन्त्यका लागि हाम्रो सिस्टम –प्रणालीगत) हिसावले समाधान र विकल्पन खोज्नुपर्छ । यसले दीगो विकास, समृद्धि र समाधान दिन सक्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *