बागलुङमा विपद्बाट एक वर्षमा नौ जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा आर्थिक वर्ष २०७६/७७ मा विपद्बाट नौ जनाको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालयले विपद्मा ज्यान गुमाएका परिवार र घाइतेलाई १३ लाख ५९ हजार राहत वितरण गरेको जनाएको छ ।

आगलागीका घटनामा एक लाख ४२ हजार, बाढी पहिरोबाट पीडितलाई दुई लाख ८५ हजार, चट्याङबाट क्षति भएकालाई १५ हजार, हावाहुरीबाट क्षति भएकालाई ७ हजार, चट्याङबाट मृत्यु भएका तीन जनाको परिवारलाई तीन लाख, बाढी पहिरोबाट मृत्यु भएका छ जनालाई ६ लाख वितरण गरेको सुचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *