हामीले यसलाई नियन्त्रण गर्न जरुरी छ जस्तो कि विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रमा अर्गानिक फोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ भने घरेलुु विधिहरु पनि अपनाउन सकिन्छ । त्यस्तै विज्ञहरुका अनुसार लसुन र पानीको अनुपात मिलाएर स्प्रे गर्नाले यसको नियन्त्रण कम हुन सक्ने दाबी गरेका छन् । कृषि पेशामा लागेका किसानहरुलाई लक्षित गरि यसको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न जरुरी छ ।
कृषिता अधिकारी (निशा)
साँच्चै नै आज विश्वनै एउटा विषम परिस्थितिको चपेटामा गुज्रिरहेको छ । एकातिर कोरोना महामारीको प्रकोप सँग जुधिरहँदा अर्कोतिर सलह किराको प्रकोप पनि विस्तारै विश्वभर नै फैलिरहेको अवस्था छ ।
जसबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । हालै मात्र प्रवेश गरेको यो किराले करिब नेपालका २७ जिल्ला भन्दा बढि प्रवेश गरिसकेका छन् । वास्तवमा यो सलहको प्रकोप फैलिरहँदा भोकमरी लाग्छ रे । यसले बालिनाली सखाप पार्छ रे भन्ने कुराहरु सुन्नमा आइरहँदा र पछिल्लो समयमा मिडियाहरुमा यसको चर्चा परिचर्चा निकै हुने गरेका छन् । विभिन्न विज्ञहरुले पनि भनिरहेका छन् कि यो एक किसिमको किरा हो, जुन साधारण रुपमा एक प्रकारको फट्याङग्रा जस्तो देखिन्छ ।
यसको सिङ छोटो र खुट्टा दह्रो, मोटो हुन्छ । यो किरा समूहमा बस्न मन पराउने विज्ञहरूको अनुसन्धानबाट पुष्टि भएको जानकारी पनि दिएका छन् । यसैगरी सलह किराको वैज्ञानिक नाम कअजष्कतयअभचअब न्चभनबचष्ब हो । जसमा जमिनको तल बालुवामा ६०–८० वटा समुहमा अण्डा पार्दछ । र यसले जीवनभरमा तीन पटक सम्म अण्डा पारेको उल्लेख गरिएको छ । १० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरु १ देखि ३ महिनामा पूर्ण वयस्क, ४ देखि ५ महिना सम्म बाँच्दछन् । वयस्क किरा लामो समय सम्म हावामा उड्न सक्दछन् र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा गर्न सक्दछन् । त्यस्तै यिनिहरुले प्रायजसो न्यानो हावा पानी मन पराउने हुनाले धेरै जसो एक किलोमिटरको हुलमा लाखौं अथवा करोडौंको संख्यामा हुन्छन् । तर, यिनीहरु एकै ठाउँमा भने बस्दैनन् । एक ठाउँबाट अर्को ठाउँ वा एक खेतबाट अर्को खेतमा सर्दै–सर्दै जाने त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरिया वनस्पतिहरु छोटो समयमा नै सखाप पारि खाइदिन सक्षम जातिको रुपमा लिने गरिन्छ । यसले केवल बालिनाली मात्र होइन, बिरुवाको पातहरु पनि खाएर सकि सकेपछि बिरुवाको बोक्रा समेत सखाप पार्छन् । त्यसैले यो फट्याँग्रो जस्तो देखिएता पनि अन्य किरा भन्दा बढि क्षति गर्ने खालको हुन्छ ।
सुरुमा यो किरा अफ्रिका हुँदै विश्वका विभिन्न देशहरुमा फैलिसकेको छ भने यसले नेपाललाई समेत बाँकी राखेको अवस्था छैन । अहिले यत्रतत्र यसको निकै चर्चा पनि भइरहेको अवस्था छ । त्यसैगरी यो किरा सन् २००३ देखि २००५ सम्म यसको प्रकोप विशाल रुपमा फैलिसकेको र अन्र्टाटिका र उत्तर अमेरिका बाहेक सबै महादेशमा सलह किराहरु धेरै झुण्ड प्रकारको रुपमा देखिन्छन् । जुन हामीले टेलिभिजन इन्टरनेटमा समेत उनिहरुको हुलवद्ध भिडियो देखिरहेका छौ । हाम्रो वरपरका भू–भागमा समेत यसलाई प्रत्यक्ष देखिसकेका छौ । त्यसैगरी विभिन्न विज्ञहरुका भनाई पनि सुनेका छौ । सलह किरा निकै पूरानो प्रवासी शत्रु जिव हो । यसको औसत करिब २०० किमी हुन्छ । र यसले निकै चिसो वातावरणमा प्रजनन गर्दछ । यसको बाँच्ने दर भनेको ३.५ महिना जति हुन्छ । विशेष गरी एउटा सलह किराले आफ्नो वजन बराबरको करिब २ ग्राम खाना खान सक्छ भने करिब ९० माइल दुरि पार गर्न र ३ किमी सम्मको उचाइमा उड्न सक्छन् भन्ने उल्लेख गरिएको छ ।
सलह किरालाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा यी सलह धेरै संख्यामा र ठूलो क्षेत्रलाई संसारभर प्रयोगमा आएका आईपिएम प्रविधिहरु प्रयोग गरेका छन् । जस्तो कि मेसिन प्रयोग गरेर विषादी प्रयोग गर्ने, छर्ने र कतिपय देशले हेलिकप्टरको सहायताले सलह नियन्त्रण गरेको पाइन्छ । तर, नेपालमा भने सलह भगाउने तथा नियन्त्रण गर्ने अचम्मको क्रियाकलाप भइरहेको छ । जुन झट्ट हेर्दा आश्चर्यजनक पनि छ । हाल नेपालका विभिन्न जिल्लामा फैलिएको हुनाले मादल बजाएर होस् वा जैविक विषादी छरेर होस् यसलाई नियन्त्रण गरिएको छ । यस्तै कृषिविदले पनि यसलाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा विभिन्न अनुसन्धान गरिरहेका छन् । त्यसै त विश्वकै अविकसित अर्थात गरिब राष्ट्र हाम्रो देश नेपाल पर्दछ भने कृषि प्रधान देशको रुपमा पनि लिइने गरिन्छ । अधिकांश किसानहरु कृषि पेशामा आवद्ध छन् कृषि नै उनिहरुको दैनिकी जिवनयापनको आर्थिक स्रोत बनेको छ ।
तर,अहिलेको विषम परिस्थिति एकदमै जटिल बन्दै गइरहेको छ । कोरोनाको प्रकोपले लाखौं जनता बेरोजगार छन् । दैनिकी ज्याला मजदुर गरेर खाने गरिब किसानहरु निकै मारमा परेका छन् भने ठूला–ठालु औद्योगिक व्यवसायहरु समेत कोरोनाको प्रकोपले सताइरहेको परिस्थितिमा सलह किराले के कस्तो भयावह स्थिति ल्याउने हो अनुमान गर्न भने सकेको छैन । सरकारले सलह किरा छोप्नेलाई पुरस्कारको व्यवस्था गर्ने हामीले विभिन्न सञ्चार माध्यम मार्फत सुन्दै आइरहेका छौ । तर,यस किराको नियन्त्रण होला वा नहोला केही भन्न सक्ने स्थिति कृषिविदहरुको पनि छैन । यसरी बालिनाली नै सखाप पार्ने भएपछि त अवश्य पनि भोकमरी नलाग्ला भन्न सकिदैन । खाद्यान्न बालि नै मासिए पछि गरिब निमुखा जनतालाई समस्या नआउला भन्न सकिदैन । र यदि यसरी नै सलह किराहरुको संख्या बढ्न थाल्यो भने भोकमरी लाउने सम्भावना प्रशस्त देखिन्छ भन्ने आँकलन समेत गरेका छन् ।
त्यसैगरी मुख्यतया कृषि पद्धतिमा बालिनालिको राम्रोसँग निगरानी हुन नसक्दा यी किराहरु दिन प्रतिदिन उत्पन्न हुने र दुर्लभ शिकारी चरा तथा अन्य जीवहरुको अस्तित्व हराउँदै जानाले पनि यस पृथ्वीमा अनौठो किराको प्रकोप देखिन थालेका छन् । एक अध्ययनका अनुसार २० औ शताब्दी तिर सलह किराको झुण्डको रुप घट्दै गएको थियो । यो हरेक १० वर्षमा अलौकिक कारणले किरा तथा भाइरसको जीवन चक्रमा केही फरकपना आउनुका साथै बेला–बेलामा प्रकोप हुने गर्दछन् । यसलाई हाम्रो समाजमा प्रकृति सन्तुलनको लागि यस्ता किसिमका प्रकोप उत्पन्न हुन्छ र विस्तारै समयानुक्रम संगै हराउँदै जाने विश्वास पनि गरिन्छ ।
तर विस्तारै हराउदै गइहाल्छ नि भनेर बेवास्ता चाँहि गर्नु हुँदैन किनकी यो एउटा प्रकोप हो र यसले विपत्ती विनाश ल्याउनुका साथै सखाप नै बनाउछ । जसले मानव सभ्यता माथि नै ठूलो क्षति पु¥याउने सम्भावना पनि देखिन्छ । तसर्थ हामीले यसलाई नियन्त्रण गर्न जरुरी छ जस्तो कि विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रमा अर्गानिक फोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ भने घरेलुु विधिहरु पनि अपनाउन सकिन्छ । त्यस्तै विज्ञहरुका अनुसार लसुन र पानीको अनुपात मिलाएर स्प्रे गर्नाले यसको नियन्त्रण कम हुन सक्ने दाबी गरेका छन् । कृषि पेशामा लागेका किसानहरुलाई लक्षित गरि यसको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न जरुरी छ । किनकी समय रहदै रोकथाम गरियो भने गरिब किसान भोकमरीले अकालमै मर्नुपर्दैन । त्यसैले हामी आफ्नो तर्फबाट र सरकारको तर्फबाट यसलाई रोकथामका लागि तत्पर होउँ ।