तित्याङमा पहिरो, बागलुङ–भकुण्डे सिधा यातायात बन्द

डम्मर बुढा मगर, बागलुङ
तित्याङमा पहिरोले सडक बगाउँदा बागलुङ–भकुण्डे सिधा यातायात संचालन हुन सकेको छैन ।

वर्षाका कारण मंगलबार बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङ लामो झोलुङ्गे पुल नजिकै सडकबाटै ठूलो पहिरो झर्दा यातायात अवरुद्ध भएको हो ।

यातायात अवरुद्ध हुँदा बागलुङ भकुण्डे आउनेजाने यात्रुलाई समस्या भएको छ । नागरिकहरु पुलबाट आवतजावत गरेर गरेपनि बजारबाट सामान गाउँ लैजान र गाउँबाट बजार झार्न गाह्रो भएको इन्द्रबहादुर थापाले बताउनुभयो ।

करिब ३० मिटर सकड पहिरोले बगाउँदा तत्काल सुचारु गर्न सकिने अवस्था देखिदैन ।

बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गणेश थापाले सडक संचालन गर्न केही समय लाग्ने भन्दै लागि वडाले नसक्ने हुँदा केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएको भताउनुभयो ।

अध्यक्ष थापाले यसको विकल्पमा वैकल्पिक सडक संचालन गरिने उहाँको भनाई छ । यसको लागि सिगाना र अर्को स्थानबाट विकल्प खोज्न थालिएको बताउनुभयो ।

‘यो हामीले गर्न सक्ने अवस्था छैन, यसको लागि हामीले केन्द्र र प्रदेशमा कुरा गरेका छौँ,’ अध्यक्ष थापाले भन्नुभयो ‘यसको विकल्पमा हामीले वैकल्पिक बाटो संचालनमा ल्याउने भनेका छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *