बडिगाड गाउँपालिका वडा २ को सार्वजनिक सुनुवाई २४ गते हुने

कमल पौडेल, खर्बाङ
बडिगाड गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई श्रावण २४ गते गर्ने भएको छ ।

वडा समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न योजनाको समिक्षा ९ गते वडा कार्यालयमा गर्ने, सार्वजनिक सुनुवाई २४ गते रेडियो सारथीको सहजिकरणमा गर्ने, लगाएतका निर्णय गरेको छ।

वडा भित्र वडा कार्यालय तथा समिति बाट हुने कार्यलाई व्यवस्थित गर्न जिम्मेवारी बाँडफाड समेत गरेको छ। जस अनुसार वडा अध्यक्ष ढाल प्रसाद शेरचनले शिक्षा, स्वास्थ्य, कार्यपालिका सदस्य हिमा खरेलले न्याय, कानुन, विपद् व्यवस्थापन, वडा सदस्य जमुना विकले युवा, खेलकुद, महिला, दलित, जनजाति, आमा समुह, चाडपर्व, वडा सदस्य गोम बहादुर रानाले कृषि पशुपालन, र वडा सदस्य सुर्य बहादुर अधिकारीले खानेपानी, मोटरवाटो, सिँचाई हेर्ने निर्णय गरेको छ। बैठक वडा अध्यक्ष ढालप्रसाद शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *