उत्कृष्ट नतिजाको राज : सफल बिद्यार्थीका अनुभव

कक्षा ११ को परिक्षा नतिजा बुधवार सार्वजनिक भयो । नतिजाले कति बिद्यार्थीलाई खुशी बनायो । कतिलाई निराश तुल्यायो । हामीले यस क्रममा उत्कृष्ट नतिजाले आँफु, सहित बिद्यालय र परिवारलाई समेत खुशी तुल्याएका केही बिद्यार्थीको नतिजा अनुभव आदर्श सञ्चारकर्मी साधना पन्तले समेट्ने प्रयास गरेका छौ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

बिपना भटराई विद्या मन्दिर माध्यमिक विद्यायलय, ३.५९ जिपिए
कक्षा ११ विद्यालयमा सबैभन्दा राम्रो अङ्क ल्याएर उत्कृष्ट विद्यार्थी हुँदाको अनुभूति ?
मैले कोशिस गरेको थिए । गरे अनुसार राम्रै नतिजा अएको छ । तर मैले अझै गर्न सक्थे भन्ने छ, मनमा । १२ कक्षामा यो भन्दा राम्रो गर्ने गरि तयारी गर्दै छु ।
स्कुलका साथै घरमा कति कति बेला कसरी पढ्नु हुन्थ्यो ?
सरहरुले सरल तरिकाले पढाउनु हुन्थ्यो । मैले स्कुलमा पढेका कुराहरु घरम फेरी दोहोराएर पढ्थे । मैले दिनमा ३ घण्टा पढने समय छुटाएको थिए । विद्यालयमा संगै घरमा पनि समय दिनुपर्छ । परिक्षाको समयमा मात्र पढदा सोचेको जस्तो नतिजा आउ“दैन, त्यसैले सधैभरि पढनु पर्छ ।
अहिलेको नतिजा सोचे अनुसार आयो कि अझै बढि अपेक्षा थियो ?
मैले परिक्षामा लेखे अनुसार आएको छ म सन्तुष्ट छु ।
भविश्यमा के बन्ने योजना छ ?
म भविश्यमा फोरेस्टी पढने बिचार छ । म त्यो नै पढछु । तर बन्ने भनेर के बन्ने त्यो त सोचेकै छैन । पढनै छ ।
पढाई सँगसँगै अरु के कुरामा रुची छ ?
मलाई नोबेल पढ्न रुची लाग्छ । मलाई धुम्न पनि मन पर्छ । नया“–नया“ ठाउ“मा घुम्ने बुझ्ने रुची छ मेरो ।
रु बिद्यार्थीलाई कसरी पढ्नु पर्छ भनेर टिप्स दिनुहुन्छ ?
सबैले आफनो आफनो तरिका हुन्छ पढ्ने । आँफुलाई कुन समयमा पढदा सम्झना सजिलो हुन्छ त्यो समय पढनु पर्दछ । हामीहरुले जे पढ्छौ, त्यो कुरालाई हाम्रो दैनिक जीवनस“ग जोड्न सक्यौ भने सम्झन सजिलो हुन्छ । आँफुले पढ्दा अप्ठ्यारो पनि हुन्छ । त्यो कुुराहरु सरसंग सोध्ने बानी बसाल्नु पर्दछ । अहिलेको समयमा त गुगलहरुमा आँफुले नजानेका कुराहरु खोज्न सकिन्छ सिक्न सकिन्छ । विदेशी सरहरुसँग पनि अनलाईन पढ्न सकिन्छ । त्यसकारण पढ्ने तरिकाले बनाउने हो भने पढाई राम्रो हुन्छ ।
आज भोलि धेरै विद्यार्थीहरु व्याचलर गर्न विदेश जाने भन्नुहुन्छ तपाईको सोच के छ ?
विदेश जाने कुरा नराम्रो त होईन तर विदेश जाने र आफ्नो देशमा नर्फकिने चा“हि गर्नु हु“दैन । विदेश जने र सिप सिकेर आउने र आफनै देशमा कै गर्नुपर्छ भन्ने हैशला राख्नु पर्दछ । नया“ नया“ प्रविधीहरु सिक्ने र त्यो सिकेका कुराहरु आफ्नो देशमा ल्यानु पर्दछ । मेरो बिचारमा देशको लागी केही गर्नुपर्छ त्यसकारण म देशमै केही गर्छु ।
तपाईसंगै पढेका साथीहरु जस्को कम नम्बर आएको छ उहाँहरुलाई के भन्न चाहानुन्छ ?
नतिजा राम्रो आएन भनेर दुख मानु हुदैन । कोशिस गर्न छोड्नु ह“ुदैन मेहनत गर्ने राम्रो संग पढने हो भने भने अर्को पटक राम्रो नतिजा आउछ । विश्वास हुनुपर्यो आ“फुमा सकरात्मक रुपमा लिनुपर्यो यती गरियो भने आफुलाई एउटा राम्रो स्थानमा लैजान सकिन्छ ।

प्रभा केसी गरिमा आवासिय मावि, ३.४७ जिपिए

कक्षा ११ विद्यालयमा सबैभन्दा राम्रो अङ्क ल्याएर उत्कृष्ट विद्यार्थी हुँदाको अनुभूति ?
मैले गरे अनुसार नै आयो म धेरै खुसी छु । म साथ साथै घर परिवारमाम पनि खुसी छाएको छ । सबै जना खुसी हुनुभएको छ ।
स्कुलका साथै घरमा कति कति बेला कसरी पढ्नु हुन्थ्यो ?
पढने बेलामा धेरै ध्यान दिने गर्थे । सरहरुले भनेको सिकाएको अनुसारनै घरमा पनि पढ्थे । विद्यालयमा र परिक्षाको बेलामा मात्र होइन सधै घरमा पढ्छु । एउटै कुराहरु धेरै पटक पढन्ने अभ्यास गर्ने गर्छु ।
अहिलेको नतिजा सोचे अनुसार आयो कि अझै बढि अपेक्षा थियो ?
धेरै त सोचेको थिईन, तर राम्रो गरेको छु भन्ने थियो । मैले परिक्षामा लेखे अनुसार आयो खुसी लागेको छ ।
भविश्यमा के बन्ने योजना छ ?
मेरो योजना त केही छैन तर व्यवस्थापन विषय लिएर पढेपछि यही क्षेत्रमा काम गर्नु पर्ला भन्ने छ । पढदै जाम अबत बागलुङमै बि.बि.य. पढन् पाईने भएको छ । १२ को परिक्षा दिएपछि के हुन्छ हेरम ।
पढाई संग संगै अरु के कुरामा रुची छ ?
मलाई लेख्न मन पर्छ । विद्यालयको मात्र होइन बाहिरी किताबहरु पनि पढन रुची लाग्छ । फुर्सदको समयमा नयाँ नयाँ किताबहरु पढछु म ।
अरु बिद्यार्थीलाई कसरी पढ्नु पर्छ भनेर टिप्स दिनुहुन्छ ?
पढ्नको लागि ईच्छा शक्तिको आवश्यकता पर्छ । मनमा हुनु पर्र्ये मैले पढनु पर्छ भनेर । समय व्यवस्थापन गर्नुपर्छ । कसरी पढ्ने कतिबेला कुन विषय पढने भनेर समय तालिका बनाउनु प¥यो र त्यही अनुसार पढ्नु पर्छ । नबुझेको कुरा सर साथीहरुलाई सोध्न लजाउनु भएन ।
आज भोलि धेरै विद्यार्थीहरु व्याचलर गर्न विदेश जाने भन्नुहुन्छ तपाईको सोच के छ ?
मेरो सोचाई छैन अहिले सम्म त । भविश्यमा त के हुन्छ, तर व्यवस्थापन विषयमा पढेपछि यही क्षेत्रमा नेपालमै कै गर्ने बिचार छ ।
तपाई संगै पढेका साथीहरु जस्को कम नम्बर आएको छ उहाँहरुलाई के भन्न चाहानुन्छ ?
पढ्नै पर्छ, पढ–पढ भनेर धेरै भन्नु हुँदैन । पढाउन पर्छ तर आँफुलाई के कुरामा रुची छ त्यो गर्ने आवसर मिल्यो भने सबैले राम्रो गर्छन् जस्तो लाग्छ । साथीहरु र अभिभावकलाई पनि के भन्न चाहान्छु भने आफ्नो रुचिको विषय पढौं र छोराछोरीलाई उनिहरुकै रुचिको विषय बढ्न दिऔं । साथिहरुले पनि कम नम्बर आयो भनेर नआत्तिनुस । केहि हुदैन । अझै समय छ अब पनि राम्रो गर्न सकिन्छ ।

दिपक थापा अम्मर आर्दश आवासिय मावि, ३.५९ जिपिए

कक्षा ११ विद्यालयमा सबैभन्दा राम्रो अङ्क ल्याएर उत्कृष्ट विद्यार्थी हुँदाको अनुभूति ?
मैले पहिले त ए प्लसको आपेक्षा गरेको थिए । तर कस्तो भयो भने बायेलोजीमा मैले सोचेको जस्तो रिजल्ट आएन अरुमा राम्रो आयो त्यसैले त्यती नराम्रो लागेन । अहिले खुसीनै छु ।
स्कुलका साथै घरमा कति कति बेला कसरी पढ्नु हुन्थ्यो ?
मैले सरहरुले स्कुलमा जे पढाउनु हुन्थ्यो त्यो कुराहरु घरमा गएर फेरी पढने गर्थे । जब परिक्षा नजिक नजिक आउन थाल्छ एक महिना अगाडीबाट नै मैले समय तालिका बनाउनाएर पढने गर्छु । स्कुलमा वातावरण पनि राम्रो छ । ल्याबहरुमा पनि राम्रो संग सिक्ने मैका मिल्यो स्कुलका सर हरुलाई धन्यवाद दिन चाहान्छु । म न्यू एभरेष्ट एकेडेमी बाट एसइइ दिएको हु“ सरहरुलाई धन्यबाद दिन चाहान्छु । पढने वातावरण बनाई दिनुभएकोमा । मलाई एभरेष्टकै सरहरुले अम्मर आदर्शमा पढन जानु राम्रो पढाई हुन्छ भन्नु भएर म आर्दशमा गएको थिए अहिले उहा“हरुले भन्नुभएको जस्तै भएको छ ।
अहिलेको नतिजा सोचे अनुसार आयो कि अझै बढि अपेक्षा थियो ?
सबैमा त भन्न मिल्दैन बायोलोजीमा म असन्तुष्ट छु । मैले परिक्षामा गरे अनुसारको नम्वर न आएको महशुष भएको छ । सरहरुसंग कुरा गरेको छ रि टोटलीङ गर्ने कुरा भएको छ । अरुमा लेखे अनुसार आएको छ ।
भविश्यमा के बन्ने योजना छ ?
म भबिश्यमा सकेसम्म सिभील इन्जिनीयर बन्ने इच्छा छ । भएन भने कम्पुटर इन्जिनीयर बन्ने चाहाना छ । सके सम्म घर परिवारलाई भार नपरोस भन्ने चाहाना छ स्कोलरसिप ट्राई गर्नेहो । हेरौं कस्तो हुन्छ ।
अरु बिद्यार्थीलाई कसरी पढ्नु पर्छ भनेर टिप्स दिनुहुन्छ ?
आज स्कुलमा पढाएका कुराहरुलाई घरमा गएर फेरी पढने बानी बसाल्नु पर्छ । पटक–पटक पढेपछि दिमागमा बस्छ र परिक्षामा थोरै समय पढेपनि सम्झन सजिलो हुन्छ । हामिहरुले घोक्छौ मात्र त्यसैले घोकेको कुराहरु विर्सिन्छ । अभ्यास गरेर पढनु पर्छ, लेख्दै पढ्दै गर्ने ग¥यो भने सम्झन सजिलो हुन्छ । पछि सम्म पनि सम्झन सकिन्छ ।
आज भोलि धेरै विद्यार्थीहरु व्याचलर गर्न विदेश जाने भन्नुहुन्छ तपाईको सोच के छ ?
मलाई बाहिर गएर काम गर्ने बिचार छैन तर बाहिर गएर पढने कामहरु सिक्ने र आफ्नै देशमा केह गर्ने बिचार छ । बाहिर पढने बतावरण बन्न सक्यो भने हामिहरुले धेरै राम्रो कुराहरु प्रविधिहरु सिक्न सक्छौं । हाम्रो देशमा भएका प्रविधि भन्दा विदेशमा राम्रो हुन्छ त्यसैले पढनको लागि विदेश राम्रो भएपनि काम आफ्नै देशमा गर्ने हो । तर म विदेश जान्छु पढनको लागि भन्ने पनि सोच छैन । अहिले सम्म ।
तपाईसंगै पढेका साथीहरु जस्को कम नम्बर आएको छ उहाँहरुलाई के भन्न चाहानुन्छ ?
पिर नमान्नु होला । फेरी ग्रेड अपडेट गर्ने पाईन्छ । १२ मा राम्रो स“ग पढनुहोला पढेपछि ग्रारो हु“दैन भन्न चाहान्छु । अहिले थोरै नम्बर आयो भन्दैमा तपाईहरुले फेरी ११ कक्षामै पढनु पर्ने पनि त होइननी । हामी संगै पढ्न सक्छौ अझ अहिले त थोरै नम्बर आएको विषयमा फेरी परिक्षा दिन सकिन्छ । त्यसैले आत्तिनु पर्दैन ।

समत्था कुंवर गरिमा आवासिय मावि, ३.४७ जिपिए

कक्षा ११ विद्यालयमा सबैभन्दा राम्रो अङ्क ल्याएर उत्कृष्ट विद्यार्थी हुँदाको अनुभूति ?
धेरै खुसी लाग्यो । मैले गरेको मेहेनत सफल भएको जस्तो । मेहनेतको फल पाए जस्तो लाग्यो ।
स्कुलका साथै घरमा कति कति बेला कसरी पढ्नु हुन्थ्यो ?
स्कुलमा सरहरुले घरको जस्तै वातावरण बनाईदिनु भएको थियो । सरहरुले पढाउँदा ध्यान दिएर पढने, घरमा सरले पढाउनु भएका कुराहरु सम्झने गर्थे । स्कुलमा पढेका कुराहरु घरमा गएर फेरी पढेपछि छिटो सम्झन सकिन्छ त्यसैले म घरमा पढाइलाई बढी समय दिन्छु । मन लागेको बेलामा पढेपछि छिटो सम्झन सकिन्छ दिमाखमा टिप्न सकिन्छ जस्तो लाग्छ । पढन मन नलागेको समयमा किताव हे¥यो भने पनि सम्झन सकिदैन । जब आफुलाई भित्रै बाट पढन मन लाग्छ अनि बल्ल पढकेको कुराहरु सम्झिन्छ । मैले १० कक्षा सम्म कालीगण्डकी माध्यामिक विद्यालयमा पढेको हु“ । म कालीगण्डकी स्कुलका सरहरुलाई धन्यबाद दिन चाहान्छु । मलाई राम्रो वातावरण दिएर यहा“ सम्म पुराउन सहयोग गर्नुभयो । सानै देखि पढने बानी नबसालेको भए अहिले मलाई ग्राहो हुन्थ्यो । अहिले म गरिमा आवसीय माध्यामिक विद्यालयमा पढ्छु । त्यहा“का मेरा सम्पूर्ण सर म्यामहरुलाई पनि धन्यवाद दिन चाहान्छु ।
अहिलेको नतिजा सोचे अनुसार आयो कि अझै बढि अपेक्षा थियो ?
अहिले आएको नतिजामा खुसी छ । सन्तुष्ट छु । अव १२ मा पनि अझै मेहनेत गर्ने र राम्रो नतिजा लिने सोचेको छु ।
भविश्यमा के बन्ने योजना छ ?
मैले व्यवस्थापन विषय लिएर पढिरहेकी छु । म १२ कक्षा पास गरेपछि बि.बि.ए. मा भर्न हुने र राम्रो संग पढेपछि आफ्नै विजनेस गर्ने योजना छ । मलाई बैंङकको जागिर पनि राम्रै लाग्छ । तर आफ्नै विजनेस गर्ने सोच छ ।
पढाई संगसंगै अरु के कुरामा रुची छ ?
मलाई डान्स गर्न मन पर्छ । हरेक दिन ओसो अमृतम ध्यान केन्द्रमा ध्यान पनि गर्न जान्छु । त्यो संगै मेरो बाबाको मनि टान्सफर छ । फुर्सदको समयमा त्यहा“ पनि गईरा हुन्छु । काम गरेको हेर्छु, सिक्छु । बाबालाई सहयोग गर्ने कोशिष गर्छु ।
रु बिद्यार्थीलाई कसरी पढ्नु पर्छ भनेर टिप्स दिनुहुन्छ ?
सवैभन्दा पहिले त स्कुलमा पढाउदा ध्यान दिएर पढ्नु पर्छ, सुन्नु पर्छ । आफुले नबुझेका प्रश्नहरु सरहरुलाई सोध्न डराउनु हु“दैन । घरमा पनि दिनको २ घण्टा जति पढनु पर्छ । परिक्षा आएको समयमा मात्र पढने अरु समय नपढने गर्नु भएन । नोटहरु बनाउ“ने पढ्ने गर्नुपर्छ ।
आज भोलि धेरै विद्यार्थीहरु व्याचलर गर्न विदेश जाने भन्नुहुन्छ तपाईको सोच के छ ?
मेरो तेस्तो विचार छैन । १२ पास गरेपछि बागलुमै बि.बि. ए मा भर्न हुने र नेपालमै गर्ने बिचार छ । म व्याचलर र मास्र्टस दुवै त्रिभुवन विश्व विद्यायलयबाट गर्न चाहान्छु । विदेश जाने सोचनै छैन ।
तपाईसंगै पढेका साथीहरु जस्को कम नम्बर आएको छ उहाँहरुलाई के भन्न चाहानुन्छ ?
थोरै नम्बर आयो भनेर पढन छोडनु हुँदैन । अझै समय छ । गे्रड बढाउनको लागि परिक्षा दिने समय छ त्यस बिचको समयमा मेहेनेत गर्नुस । राम्रो संग पढ्यो भने फेरी ग्रेड बढाउन पनि सकिन्छ । त्यसैले आत्तिनु हुँदैन । आफुले परिक्षामा के कुराको कमजोरी गरियो त भनेर त्यही कमजोरीमा ध्यान दिएर पढ्यो भने फेरी राम्रो नतिजा आइहाल्छ नि ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *