कोरोना संकट : बेनी बचतद्वारा व्याजमा ७ लाख छुट


साधना पन्त, बागलुङ
म्याग्दी जिल्लाको बेनी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई व्याज दरमा छुट दिएको छ । सहकारीले आर्थिक वर्ष २०७६/०७७मा कोरोना माहामारीलाई मध्यनजर गर्दै ७ लाख २५ हजार रुपैयाँ व्याज रकम छुट गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका ऋणी सदस्यहरुलाई मध्यनजर गर्दै ब्याजदरमा छुट दिएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिनुभयो ।

कोरोनाको संकटका बीच आफ्ना शेयर सदस्यहरुलाई समस्यामा परेको भन्दै ३ सय ३५ जना शेयर सदस्यको कोरोना बीमा समेत गरीदिएकोे गिरीले जानकारी दिनुभयो । उहाँले आर्थीक वर्ष २०७६/०७७ मा कोरोना माहामारीका बीच पनी संस्थाले उत्साहजनक रुपमा कारोबार गर्न सफल भएको सहकारीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *