सडकले सुगम बन्दै दुर्गम तमानखोला

आदर्श अनलाइन, बागलुङ
कुनै बेला निकै कष्टप्रद यात्रा पश्चात ओहोर दोहोर गर्न सकिने बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको केन्द्र बोंगादोभानमा अहिले सहज सडक सुविधाको पहुँच विस्तार भएको छ ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले उक्त सडकको स्तरोन्नति गरे सँगै बुर्तिबाङबाट तमानखोला गाउँपालिका पुग्न यात्रुलाई निकै सहज भएको छ ।

वर्षायामको समयमा अधिकांश ग्रामिण सडक अबरुद्ध भइरहेको समयमा बुर्तिबाङ–तमानखोला गाउँपालिका–१ बोंगादोभान सम्मको सडकमा पहिले जस्तो धेरै सास्ती र सकस खेप्नुपर्ने बाध्यता हटेको छ ।

बुर्तिवाङबाट तमानखोला सम्मको ९.८ किलोमिटर सडक निर्माण गर्नका लागि २०७५ वैशाख १० गते कालिका प्यासिफिक जेभि सँग ठेक्का सम्झौता भएको थियो । १८ महिनामा काम सक्ने गरी कालिका प्यासिफिक जेभीलाई १७ करोड ९ लाख रुपैयाँमा निर्माणको जिम्मा दिइएको थियो ।

पछि थप तीन महिना ठेक्का अवधि थप गरेर निमार्ण सम्पन्न भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका निमित्त इकाई प्रमुख रेणुका कुमारी पाण्डेले जानकारी दिनुभयो । भुकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माण गर्ने आयोजानाले यो सडक निर्माण गरेको हो ।

९.८ किलोमिटर सडकको पक्की नाली सहित नालीको लेबलमा ग्राभिल, खोल्सामा कल्भर्ट, हिम पाइप लगायतका संरचना निर्माण गरिएको आयोजनाका इञ्जिनियर हरिशचन्द्र बढुले जानकारी दिनुभयो । बढुका अनुसार, १.२० मिटर चौडाईको पक्की नाली, ५.२५ मिटर चौडाई सडक ग्राभेल गरिसकिएको छ । लागत अनुमानका आधारमा ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाको भनाई छ । बाँकी रहेको ४ प्रतिशत काम भने आयोजना निर्माण सम्पन्न भएको एक वर्ष भित्र सडकमा कुनै नोक्सानी आएमा निर्माण गर्न सकिनेछ ।

निर्माण सम्पन्न भएको एक वर्ष पछि मात्रै सम्बन्धित निकायलाई सडक हस्तान्तरण गरिनेछ । बागलुङ जिल्ला सदरमुकाम पछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षणभरमै पुग्न थालेपछि स्थानीयलाई आवत जावतमा सहज भएको हो । जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल लोकमार्ग र त्यसपछि १० किलो मिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्रसम्म पुग्न सकिन्छ ।

सडकको निर्माण कार्य सम्पन्न भएर ग्राभेल भएसँगै बुर्तिवाङबाट तमानखोलाको केन्द्र सम्म पुग्न निकै सहज भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार विकट मानिने गाउँपालिका सडक निर्माण सँगै सुगम हुँदै गएको उहाँको भनाई छ । “गाउँपालिकाको भाग्यरेखाका रुपमा यस सडकलाई लिएका थियौं” गाउँपालिका अध्यक्ष बुढाले भन्नुभयो “गाउँपालिकाको केन्द्र पुग्ने सडक ग्राभेल भएको छ, अब कालोपत्रे गर्नका लागि पहल गर्नेछौं ।”

उहाँका अनुसार निर्माण सम्पन्न भएको लुकुरबन खोलामा समेत मोटरेवल पुल निर्माण भइरहेको भन्दै निर्माण सम्पन्न पश्चात वर्खाको समयमा समेत सिधा यातयात सेवा सञ्चालन हुनेछ । स्थानीय तहको निर्वाचन अघि गाउँपालिकाको अधिकांश गाउँमा सडकनै पहुँचनै नपुगेको अवस्थामा अहिले गाउँ–गाउँमा सडकको पहुँच पु¥याएको बताउनुभयो ।

ट्रयाक निर्माण पश्चात बुर्तिवाङ देखि करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माण सँगै २५ मिनेटमै तमानखोलाको केन्द्र पुग्न सकिने सवारी चालक प्रकाश खनालले बताउनुभयो । निर्माण कम्पनीले निर्माण म्पन्न भएको एक वर्ष सम्म मर्मत सम्भारको कार्य गर्ने आयोजनाको भनाई छ । उक्त सडक खण्ड अन्र्तगतको लुकुरबन खोलामा निर्माण थालिएको पुल २०७८ वैशाख मसान्त सक्नुपर्ने इञ्जिनियर बढुले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *