पाेखरामा ४० बेडकाे स्तरीय आइशाेलेसन

पाेखरा

गण्डकी प्रदेशको एकमात्र कोरोना डेडिकेटेड अस्पतालमा बिहीबारदेखि ४० शैय्याकाे छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रेक्ट्रोफिटिङ गर्ने समयमा स्थान्तरण गर्ने भनिएको भवन (डिक्यान्टिङ)लाई आइसोलेसनमा रुपान्तरण गरिएको हो । १२ बेडको आइसियु कक्ष व्यवस्था आइसोलेसनमा गरिएको छ ।

प्रत्येक कक्षमा छुट्टाछुट्टै शौचालयको व्यवस्था छ । गुणस्तरीय बेडका साथै चिकित्सक र बिरामीको बीचको संवादलाई सहज बनाउन स्पीकर सहितको प्रविधि जडान गरिएको छ ।

यसअघि अस्पतालमा १० बेडको आइसोलेसन बनाइएको थियो । उक्त कक्षलाई प्रि आइसोलेसनमा रुपान्तरण गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए ।

‘कोरोना डेडिकेटेड अस्पतालको रुपमा सूचिकृत रहेपनि यहाँको पूर्ववत् सञ्चालनमा रहेका कुनै पनि सेवा नरोकिकनै कोरोनाका संक्रमितहरुको उपचार गरिरहेका छौं,’ उनले भने ।

अस्पतालको आइसोलेसनमा कोरोनाबाट संक्रमित ९१ जना थिए । २ जनाको मृत्यु भएको थियो भने, २ जनालाई उनीहरुकै जिल्ला बागलुङ र स्याङ्जा स्थानान्तरण गरिएको थियो ।

अस्पतालबाट कोरानो निको भई घर फर्कनेको संख्या ८६ पुगेको छ । हाल आइसोलेसनमा ५ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्राडा थापाले जानकारी दिए ।

अस्पतालले कोरोना नियन्त्रणका लागि फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको थियो । उक्त क्लिनिकबाट १ हजार ७ सय ३५ जनाले सेवा लिएका छन् ।

आइसोलेसन कक्षको पूर्वस्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद खगराज अधिकारी र पोखराका मेयर मानबहादुर जिसीले अवलोकन गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *