कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु

फाइल फाेटाे

आदर्श अनलाइन,पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित खोराकोमुखमा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घरमाथि पहिरो खस्दा घरको १ कोठा पहिरोले च्यापेको कास्की प्रहरीले जनाएको छ ।
पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । तिनै जना प्रेमराज विकका नातीनातिना रहेको उनले बताए ।

घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको छ ।

कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ जाँदै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *