काठेखोला गाउँपालिका–१ ले सुरु गर्यो आफ्नै भवनबाट सेवा प्रवाह

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका–१ ले आजदेखि आफ्नै भवन बाट सेवा प्रवाह शुरु गरेको छ।

संघीय संरचना अनुसार तत्कालीन पाला गाविसको वडा नम्बर १, २, ३, ४, ५ वडा र सिगाना को वडा नम्बर ६ चनौटे मिली काठेखोला गाउँ पालिकाको वडा नम्बर १ कायम भएको थियो ।

स्थानीय सरकार गठन भएको तिन वर्षसम्म यस वडाले अस्थायी कार्यलय भाडाको रुपमा लिई दोविल्ला तराजि डाँडाबाट आफ्नोे सेवा प्रवाह गर्दै आएको थियो । तर अहिले आएर वडाकै आफ्नो जग्ग मा भवन निर्माण गरि सोही स्थानबाट वडाको सेवा प्रवाह शुरु गरेको हाे।

वडा कार्यालय भवन निर्माण को लागि स्थानीय समाजसेवी चन्द्र बहादुर थापाले एक रोपनी चार आना जग्गा निशुल्क उपलब्ध गराएता पनि केन्द्रको कुरा नमिल्दा भवन निर्माणमा ढिलाई भएको थियो । पछि वडाले पुर्व गाविस अध्यक्ष हरि प्रसाद शेरचनको संयोजकत्वमा पाँच सदस्यीय केन्द्र निर्धारण सुझाव समिति गठन गरी सोको छलफल अगाडि बढाएको थियो।

उक्त समितिले लामो समयको छलफल पश्चात वडाको आफ्नो जग्गा मा निर्माण भएको भवन बाट वडाको कार्यलय सन्चालन गर्ने सहमति भए अनुसार उक्त भवनबाट कार्यालय संचालन गरिएको वडा अध्यक्ष खडक बहादुर थापाले बताए ।

हामी ले कार्यलय सन्चालन गर्ने बिषयमा सम्पुर्ण स्थानीय पाटी हरुको प्रतिनिधि मुलक सहभागिता तथा निर्णय गरेका छौ।यस वडाको कार्यलय सन्चालन का बारेमा निर्णायक भुमिका खेल्ने समिति का संयोजक हरि शेरचन, टिका थापा भिम बहादुर खड्का गोरे विक र गणेश नेपाली लाई विशेष धन्यवाद अध्यक्ष थापाले दिए ।

हाल काठेखोला गाउँपालिकाका वडा नं ४, ५ र ६ भाडाको घरमा संचालनमा रहेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *