उपेक्षित रेडियाेले दियो ढोरपाटन नगरलाई सहयोग

आदर्श अनलाइन, बागलुङ
सामुदायिक रेडियो ढोरपाटनले ढोरपाटन नगरपालिका कार्यालयको खातामा रु २० हजार रुपैयाँ जम्मा गरेको छ । नगरपालिकाको दैवि प्रकोप कोषमा प्रयोग गर्ने गरी नगरप्रमुख देवकुमार नेपालीलाई रु २० हजार रुपैयाँ नगद जम्मा गरेको भौचर हस्तान्तण गरीएको हो ।

समाज रुपान्तरणको सम्वाहकको रुपमा २०६७ सालमा स्थापना भएको पश्चिम क्षेत्रको पहिलो रेडियोको रुपमा स्थापित सामुदायिक रेडियो ढोरपाटनले विज्ञापन दाता, तथा विभिन्न संघसंस्थाबाट प्रायोजित कार्यक्रम प्रसारण मार्फत संकलन भएको रकमबाट नगरपालिकालाई सहयोग गरेको हो ।

सामुदायिक रेडियो नाफामुखी नभई जनताको समस्यामुखि र समाजरुपान्तरणको सम्वाहक बन्नुपर्ने अभिप्राय स्वरुप अगाडी बढ्दै आइरहको सन्दर्भमा रेडियोले विभिन्न समयमा समस्यामा परेका व्याक्ति, संघसंस्था तथा पालिकाका प्रकोप कोषमा समेत सहयोग पु¥याउँदै आइरहेको छ ।

शुक्रबार समेत नगरपालिकाको बुर्तिबाङ स्थित नेपाल बैँकमा रहेको खाता नम्बर १२१०३०००००४००१०००००१ मा रु २० हजार रुपैयाँ जम्मा गर्दै रेडियोका स्टेशन म्यानेजर छविलाल पाण्डे र कर्मचारी तुल्सिंह सिर्पालीद्धारा रकम जम्मा गरीएको रसिद नगरप्रमुख नेपालीलाई हस्तान्त्रण गर्दै रकम सहि ठाउँमा प्रयोग गर्न समेत सुझाव दिनुभयो ।

नगरपालिकाले मनोमानी ढंगले मिडियालाई रकम दिएको पाइएको छ । बुर्तिबाङबाट प्रशारित तीन वटा रेडियो मध्ये अन्य दुई वटा रेडियोलाई समान १ लाख ५० हजारका दरले र सामुदायिक रेडियो ढोरपाटनलाई जम्मा १० हजार दिइको भन्ने विषयमा समेत रेडियोका स्टेशन म्यानेजर छविलाल पाण्डेले आफ्नो संस्थालाई नगरपालिका कार्यालय र नगरप्रमुख नेपालीले गरेको विभेदपूर्ण र गैर जिम्मेवार व्यवहारले नगरप्रमुखको अहमपनता भएको स्पस्ट पार्नुभएको छ ।

नगरपालिकाले गरेका हरेक राम्रा नराम्रा गतिविधिसँगै पालिका, वडाका सुचना एवम विभिन्न समयमा प्रसारण गरिएका सुचना, नगर प्रमुखका सम्बोधन लगाएत कार्यक्रम प्रसारण र एसईई ट्युसन कक्षा समेत नियमित प्रसारण गरिराखेको अवस्थामा पटक पटक भुक्तानी लिन जाँदा समेत रकम नदिएको र अन्तिममा १० हजार मात्र लैजाने भए दिने अन्यथा सोहि रकम समेत नदिने नगप्रमुखबाट आएको भन्दै प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले आफुले बिल अनुसारको रकम दिन नसक्ने बताएका थिए ।

रेडियोले प्रमुख प्रशासकीय अधिकृत पोखरलसँग समन्वय गरी २०७६ दशै, तिहार छठ र नयाँ वर्ष सन २०२० को पालिका तथा वडाको गरी जम्मा १५ हजारको विल नगरपालिकालाई बुझाएको थियो ।

त्यसैगरी २०७७ सालको पालिका तथा वडाको तर्फदेखि शुभकामना १ महिना, कोभिड १९ सम्बन्धि चेतनामुलक सुचना ३ महिना सामाजिक सुुरक्षा भत्ता वितरण बवापतको सुचना प्रसारण गरेको थियो । त्यसैगरी एक महिनासम्म दैनिक ४ घण्टा एसईई कक्षा समेत चल्दै गर्दा आफुहरुलाई अपमानित तवरले विल अनुसारको भुक्तान नगरी जम्मा १० हजार रकम उपलब्ध गराइएका कारण सोहि १० हजार रुपैयाँमा रेडियोको तर्फदेखि १० हजार थप गरी २० हजार रुपैयाँ नगरपालिकालाई हस्तान्त्रण गरीएको म्यानेजर पाण्डेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *