ताराखोलामा सलहले सतायो

आदर्श अनलाइन, बागलुङ ।
ताराखोलामा सलहको झुण्डले कृषकलाई चिन्तित बनाएको छ ।

केही दिनदेखि आएको सलहले कृषकले लगायतको मकै बाली लगायत अन्य तरकारी फलफूलको विरुवा खाएपछि कृषिक चिन्तित बनेका हुन् ।

कृषकहरुले धपाउने गरे पनि केही समय अन्तै ठाउँ जाने र केही दिनमा पुनः आउने गरेको स्थानीय टोपबहादुर घर्तीले बताउनुभयो ।

सुरुको केही दिनमा आउँदा खास्सै बाली नष्ट नगरेको पछिल्लो समय सबै सखाप बनाउन थालेको उहाँको भनाई छ ।

गाउँपालिकाको वडा नम्बर २, ३, ४ लगायतका स्थानमका कृषकहरु बढि प्रभावित बनेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *