कोरोना संकट : पोखरा रोयलले दियो सदस्यलाई ६३ लाख ब्याज छुट

साधना पन्त ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई ब्याज छुट दिएको छ ।

सहकारीले (कोभिड १९) कोरोनाको महामारीले आफ्ना ऋणी सदस्यलाई समस्या परेको भन्दै असार मसान्त सम्ममा ब्याज तिर्ने सदस्यलाई ६३ लाख ४३ हजार रुपैयाँ ब्याज छुट दिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले बताउनुभयो ।

संस्थाले कोरोना संकट शुरु भएपछि पहिला आफ्ना ऋणी शेयर सदस्यको कोरोना महामारीले व्यवसाय ठप्प परेको भन्दै ब्याज छुट गरिएको गुरुङले बताउनु भयो । असार मसान्तसम्मा १ हजार १० जना सदस्यले ब्याज बुझए बापत ऋणी सदस्यले १० प्रतिशत छुट पाएका छन् ।

उहाँले लकडाउन अवधिभर किस्ता ढिला भए वापत लाग्ने सम्र्पूण हर्जाना समेत छुट गरेको र लकडाउन अवधिलाई मध्यनजर गर्दै संस्थाले किस्ता भुक्तानी गर्ने अवधि ६ महिना थप गरेको जानकारी दिनुभयो । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वर्षलाई प्रविधी मैत्री वर्षको रुपमा लिने र संस्थाको हरेक गतिविधी प्रविधीयुक्त बनाउने निर्णय गरेको बताउनुभयो ।

कोरोना महामारीले सेयर सदस्यको जीवनमा पारेको असर र प्रभावको बारेमा संस्थाले आजबाट सर्वेक्षण गर्न सुरु गरेको गुरुङले बताउनुभयो । उहाँले करिब १ हप्ता लगाएर १ हजार सदस्यहरुमा सर्वेक्षण गरी संस्थाले थप योजना ल्याउने बताउनुभयो । संस्थाबाट १ हजार सदस्यको कोरोना विमा समेत गरिएको उहाँले बताउनुभएको छ । १ लाखको विमा गर्दा गर्दा लाग्ने शुल्कमा संस्थाले २५ प्रतिशत सहयोग गरेको उहाँले बताउनुभयो ।

संस्थाले अहिले सम्म कास्की, तनहुँ, स्याङजा र लमजुङ गरी ४ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले चार वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ । शेयर सदस्य ७ हजार ५ सय १ जना छन् भने संस्थाको २० करोड शेयर पूँजी, ११ करोड जगेडा कोष, १ अर्ब ३२ करोड बचत निक्षेप, १ अर्ब ४५ करोड ऋण लगानी र १ अर्व ८५ करोड कूल वासलात रहेको संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिनुभयो ।

संस्थाले हाल मोबाइल बैंकिङ, एटिएम सेवा, एस एम एस सेवा प्रदान गरिरहेको छ भने आगामी वर्षबाट थप सदस्यलाई सुविधा दिनका लागी स्मार्ट बैंकीङ सेवा तथा कार्डले भुक्तानी सेवा समेत सञ्चालन गर्ने ढकालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

कोरोना संकट : पोखरा रोयलले दियो सदस्यलाई ६३ लाख ब्याज छुट

  1. यस विषम्ः परिस्थितीमा पनि यस पोखरा रोयल सहकारी संस्थाले आफ्ना ग्रहक तथा ऋणी सेवाहग्राहीलाई संस्थाको तर्फबाट गर्नु पर्ने सेवा सुविधा मात्र नभई भाईचाराको रुपमा प्रस्तुत भएको हुँदा गर्भ गर्दछु । मेरो तर्फबाट धेरैधेरै शुभकामना साथै यस संस्थामा सदैव ग्राहक तथा शुभचिन्तकहरुको ध्यानलाई मध्यनजर गर्दै आएको मा म पुर्ण रुपमा यस संस्थाको प्रगति को कामना गर्दछु ।

    शुक्रराज दाहाल
    पोखरा–८, कास्की

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *