बुर्तिबाङको आइसोलेशनबाट ८ जना कोरोना जितर घर फर्किए

बागलुङ
बुर्तिबाङ आइसोलेशनमा उपचारत ८ जना कोरोना संक्रमित निको भएर आज घर फकिएका छन् ।

क्वारेन्टाईनमा बस्दै गर्दा गरीएको पिसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि चार वटा पालिकाले बनाएको बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको आइसोलेनबाट उपचार भएर ८ जना घर फर्किएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

उनीहरु मध्ये ढोरपाटन नगरपालिकाका १ जना, बडिगाड गाउँपालिकाका ५ र निसीखोला गाउँपालिकाका २ जना गरी ८ घर फर्किएका हुन् ।
घर फर्किनेमा २ महिला र ६ पुरुष रहेका छन् । त्यसैगरी अब १ महिला ३ जना पुरुष आइसोलेशनमा रहेको डा. मल्लले बताउनुभयो ।

पछिल्लो समय पश्चिम बागलुङमा भारतबाट आउनेको संख्या कम हुँदै जाँदा संक्रमितको संख्यामा समेत कमि आएको छ । क्वारेन्टाईनमा समेत संख्या कम हुँदै गएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *