नेपालमा कोरोना संक्रमितको संख्या साढे १७ हजार पुग्यो

काठमाडौं
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १०३ जना संक्रमणमुक्त भइ घर फर्केका छन् ।

अहिलेसम्म संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ११ हजार ६३७ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

नेपालमा अहिलेसम्म कोरोनाभाइरसबाट ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा तीन हजार ३३१ ओटामात्रै ‘पीसीआर’ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हाल देशभर २३ हजार २७५ जना ‘क्वारेन्टिन’मा र पाँच हजार ८२५ जना ‘आइसोलेसन’मा रहेका जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *