झापाको सहारा नेपालले सदस्यलाई दियो साढे ३ करोड ब्याज छुट

साधना पन्त, बागलुङ

कोरोना महामारीको समयमा सदस्यको सहाराका रुपमा झापाको सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ब्याजमा छुट गरेको छ ।

संस्थाका ऋणी सदस्यहरुलाई चैत देखी असार सम्मको ब्याजमा १० प्रतिशत छुट गरेको थियो । संस्थाले सदस्यहरुलाई ३ करोड ४५ लाख रुपैया ब्याज छुट गरेको संस्थाद्वारा शनिवार जारी विज्ञप्तीमा उल्लेख छ ।

संस्थाले लकडाउन अवधीमा सदस्यले लिएको ऋणको कुनैपनि हर्जना, जरिवाना नलिएको र ऋणको किस्ता समेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको संस्थाका सचिव महेन्द्र कुमार गिरीले बताउनु भयो । उहाँले कोरोनाका कारण जारी लकडाउनका अवस्थामा सदस्य तथा समुदायलाई थोरै भएपनि मद्दत पुगोस भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, बिपत सापटी र आत्म निर्भरताको लागि कृषि प्याकेज उपलब्ध गराएको समेत जानकारी दिनु भएको छ ।
कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा पनि संस्थाले आ.व. २०७६÷०७७ को वित्तीय अवस्थामा सकारात्मक परिणाम निकाल्न सफल भएको विज्ञप्तीमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *