गलकोटमा आगाँखेत–बामियाँ जोड्ने झोलुङ्गे पुल निर्माण हुँदै

थम्मन थापा बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । आगाँखेत बामियाँ जोड्ने झोलुङगे पुलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि बोल्दै नगर प्रमुख गैरेले गलकोट नगरपालिका भित्र सम्पन्न हुन लागेका ५ वटा पुल मध्ये आगाँखेत बामिया जोड्ने झोलुङ्गे पुललाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पुल निर्माणको काम समयमै सम्पन्न गर्न निर्माण समितिलाई आग्रह गर्नुभयो । गैरेले जनताको हरेक गतिविधिमा नगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले गलकोट नगरपालिका नगरको सम्बृद्धिमा सदैव तत्पर रहँदै विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभयो । बि.वाई.सी बागलुङ र एस डब्लु ए पि को समन्वयमा गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा विनियोजित ३७ लाख ५० हजारको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गर्न लागिएको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरानो पुल गत वर्ष बैशाख १ र २ गते हुलुवा खोलामा आएको बाढीले बगाएपछि स्थानीयलाई ओहोर दोहोर गर्न समस्या भएको थियो अब पुल निर्माण भएपछि आगाँखेत र बामियाका स्थानिय सँगै दिपज्योति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समेत खोला वारपार गर्न सहज हुनेछ । सो अवसरमा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, झोलुङ्गे

पुल निर्माण समितिका संयोजक नर बहादुर थापा मगरले मन्तव्य राख्नु भएको थियो । आँगाखेत र बामिया जोड्ने उक्त झोलुङगे पुल ६९ मिटर लामो हुने उपभोक्ता समितिका सदस्य टेकनाथ गौतमले जानकारी दिनुभयो । पुल निर्माणको काम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष रत्न बहादुर मल्लले जानकारी दिनुभयो । यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *