पहिरोले गाउँ, पिरले मन छिया–छिया

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको निसीखोला गाउँपालिकाको हुल्दीबासीका लागि वर्षायाम निकै कष्टप्रद हुँदै आएकोे छ ।

जब वर्षायाम सुरु हुन्छ तब उनीहरुमा मरिन्छ की बाँचिन्छ भन्ने चिन्ताले पिरोली रहन्छ । हिउँदको समय बस्तीमा त्रास कम भए पनि ठूलो वर्षा हुन साथ उनीहरुमा एक किसिमको भयले मन ग्रस्त हुन्छ ।

गाउँमा सामान्य वर्षा हुँदा पनि सानो तिनो पहिरो झरेर केही क्षति पु¥याउँदै आए पनि २०७४ सालको साउन अन्त्य तिर हुल्दी गाउँ ठूलो पहिरो माथिबाट झ¥यो । पहिरोले एक जनाको ज्यान लियो, केही घाइते भए त कतिको बास, गास र कपास लुट्यो ।

त्यसपछि गाउँलेलाई जब ठूलो पानी पर्छ, तब पहिरोले पुरिन्छौँ की भन्ने पिरले सताउँछ । वर्षातको समय यहाँका अधिकांश मानिसहरु जाग्राम बस्ने गर्छन् । गाउँ चारै तिरबाट पहिरोले घेरिएको हुदाँ कतै सुरक्षित भएर बस्न सक्ने अवस्था पनि छैन ।

लगातार ठूलाे वर्षा हुन थाल्यो भने यहाँका अधिकांश मानिस आफ्ना पशुचौपाया लिएर गाउँ भन्दा माथिको जंगल दह भन्ने स्थानमा पाल टाँगेर बस्ने गर्छन् । हरेक वर्षातको समय उनीहरुले दैनिकी जंगलमै बिताउने गर्छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँका सबै बस्ती चिरा–चिरा परेको छ । यस ठाउँ सामान्य वर्षा हुँदा पनि पहिरो झरि रहने भएकोले हरपल सतर्कताका साथ बस्नु पर्ने स्थानीय बताउँछन् ।

यस वर्ष त्यति धेरै वर्षा नभएको सबै गाउँलेहरु घरमै बस्दै आइरहेको स्थानीय हुमकुमारी मल्लले बताउनुभयो । उहाँले ठूलो झरी पर्दा रातभर जाग्राम बस्ने र सुरक्षित ठाउँ तिर जाने गरेको बताउनुभयो ।

‘पोहोर परार साल यतिबेला दह (गाउँभन्दा माथि रहेको ठूलो जंगल भएको ठाउँ) मा हुन्थ्यौँ यस वर्ष त्यति ठूलो वर्षा भएको छैन, त्यही पनि राति पानी प¥यो भने रातभर उठेर कता पहिरो गयो भन्दै लाइट बालेर हेर्ने गछौँ,’ उहाँले भन्नुभयो ‘ठूलो झरी पर्न थाल्यो भने त सबै सामान बोकेर दह तिर जानुपर्छ ।’

उनीहरु गत वर्षमा दिनभर गाउँमा झरेर बारीमा काम गर्ने र रात पर्न साथ दहनै पुग्ने गर्थे तर यस वर्ष कम वर्षा हुँदा त्यो समस्या खेप्न नपरेको मल्लको भनाई छ ।

‘जंगलमा बसेर के खाने, बारी गाउँमा छ, खेतिपाती यही छ,’ उहाँले भन्नुभयो ‘डर लागेर के गर्नु ? बालबच्चा भोकले मर्नु भएन बारीमा काम गर्न त झर्नै प¥यो ।’

स्थानीय पवनकुमार सिंजालीले पहिरोले गाउँलेहरुको उठीबास लगाएको भन्दै निकै ठूलो त्रासका बीच गाउँमा बसिरहेको गुनासो गर्नुभयो । उहाँले सरकारले आफूहरुको समस्या बुझ्न र समाधान गर्न नसकेको बताउनुभयो ।

पहिरोले गाउँ छिया–छिया भए पनि सरकारले नजरअन्दाज गरेको तर समाधान तिर ध्यान दिन नसकेको उहाँको भनाई छ ।

‘पहिरोले गाउँनै जोखिममा परेको यतिका वर्षसम्म हामीलाई सरकारले राहत दिलाउन सकेन,’ उहाँले भन्नुभयो ‘सरकारका लागि हामी चाहिने तर सरकार हामी यस्तो विपत्तिमा पर्दा समेत निरिह बन्यो ।’

हुल्दी गाउँका करिब ६५ घर पहिरोको उच्च जोखिममा परेका छन् भने करिब १५० घर पहिरोको चारै तिरबाट घेरिएको छ ।

गाउँपालिकाले केन्द्र सरकारसँगको समन्वयमा बस्ती स्थान्तरण गरि एकिकृत बस्ती निर्माण गर्ने भने पनि अझै यसबारे ठोस कदम चाल्न सकेको छैन ।

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गाउँनै पहिरोको उच्च जोखिममा रहेको भन्दै यसको व्यवस्थापन गर्नको लागि केन्द्रमा निर्णय गरेर पठाए पनि अहिलेसम्म कुनै पनि सूचना नआएको बताउनुभयो ।

‘हामीले हुल्दी गाउँको सबै ठाउँमा पुगेर स्थलगत अनुमगन गरेर यथार्थ अवस्थाको बारेमा सबै जानकारी केन्द्रमा गरायौँ,’ उहाँले भन्नुभयो ‘यो सबै गाउँपालिकाले मात्र गर्न सक्ने अवस्था पनि छैन । माथिबाट कुनै पनि सूचना, सहयोग प्राप्त भएको छैन ।’

गाउँपालिकाले स्थानीयलाई यो समयमा सतर्कता अपनाउन आग्रह गर्ने बाहेक तत्कालको लागि केही गर्न नसक्ने अवस्था रहेको अध्यक्ष पौडेलको भनाई छ ।

यो पनि पढ्नुहोस्

3 thoughts on “पहिरोले गाउँ, पिरले मन छिया–छिया

  1. करिब ५० बर्षदेखी यो पहिरोले हुल्दिबासिलाई दुख दिदै आएको छ, हरेक बर्ष बर्षाको समयमा तिन महिना जतिबिशेष गरि बिद्द्यार्थीहरुलाई आवतजावत गर्न जोखिम हुन्छ, गाउलेहरुले पहिरो रोकथामको लागि गरेको प्रयास ब्यर्थ रह्यो . सानो प्रयासले हुने देखिदैन, माटो र जमिनको जाच गरि त्यहि अनुसारको प्रबिधिसहित रोकथाम गरे हुन्थ्यो कि अथवा गाउबासीलाइ छुटै बस्ति बसाल्नु पर्ने देखिन्छ , हरेक बर्ष पहिरोको आयातन बढ्दो क्रममा छ, गाउका बासिन्दालाइ अरु बैकल्पिक उपाय नहुनाले ” बस वा मर” को स्थिति रहेको छ , सरकारको ध्यान छिट्टै जाओस

  2. करिब ५० बर्षदेखी यो पहिरोले हुल्दिबासिलाई दुख दिदै आएको छ, हरेक बर्ष बर्षाको समयमा तिन महिना जतिबिशेष गरि बिद्द्यार्थीहरुलाई आवतजावत गर्न जोखिम हुन्छ, गाउलेहरुले पहिरो रोकथामको लागि गरेको प्रयास ब्यर्थ रह्यो . सानो प्रयासले हुने देखिदैन, माटो र जमिनको जाच गरि त्यहि अनुसारको प्रबिधिसहित रोकथाम गरे हुन्थ्यो कि अथवा गाउबासीलाइ छुटै बस्ति बसाल्नु पर्ने देखिन्छ , हरेक बर्ष पहिरोको आयातन बढ्दो क्रममा छ, गाउका बासिन्दालाइ अरु बैकल्पिक उपाय नहुनाले ” बस वा मर” को स्थिति रहेको छ , सरकारको ध्यान छिट्टै जाओस

  3. करिब ५० बर्षदेखी यो पहिरोले हुल्दिबासिलाई दुख दिदै आएको छ, हरेक बर्ष बर्षाको समयमा तिन महिना जतिबिशेष गरि बिद्द्यार्थीहरुलाई आवतजावत गर्न जोखिम हुन्छ, गाउलेहरुले पहिरो रोकथामको लागि गरेको प्रयास ब्यर्थ रह्यो . सानो प्रयासले हुने देखिदैन, माटो र जमिनको जाच गरि त्यहि अनुसारको प्रबिधिसहित रोकथाम गरे हुन्थ्यो कि अथवा गाउबासीलाइ छुटै बस्ति बसाल्नु पर्ने देखिन्छ , हरेक बर्ष पहिरोको आयातन बढ्दो क्रममा छ, गाउका बासिन्दालाइ अरु बैकल्पिक उपाय नहुनाले ” बस वा मर” को स्थिति रहेको छ , सरकारको ध्यान छिट्टै जाओस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *