बागलुङमा १ अर्ब ३८ करोड बजेट फ्रिज

अदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा कुल बिनिजोजन भएको बजेट मध्ये १ अर्ब ३८ करोड २२ लाख ६० हजार ७८ रकम फ्रिज भएको छ ।

बागलुङमा गत आर्थिक वर्षमा चालु र पूजीगत तर्फ संघीय र प्रदेश सरकारबाट रु.९ अर्ब ६४ करोड ७९ लाख २९ हजार ५३ बजेट बिनियोजन भएको थियो ।

जिल्लामा संघीय तथा प्रदेश सरकारबाट बिनियोजन भएको पूँजी र चालु बजेटको जम्मा ८५.६७ प्रतिशत बजेट खर्च भएको छ भने १४.३३ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङले जनाएको छ । बागलुङमा सञ्चालित विकास आयोजना (पुजीगत) तथा प्रशासनिक खर्च (चालु)का लागि कुल विनियोजन भएको रकमको दुई तिहाई भन्दा बढि बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका निमित्त प्रमुख कोष नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार अनुसार गत आर्थिक वर्षमा संघीय सरकारबाट आएको कुल बजेटको ८७ प्रतिशत र गण्डकी प्रदेशबाट आएको कुल बजेटको ८०.६ प्रतिशत गरी गरी कुल ८५ दशमलब ६७ प्रतिशत बजेट खर्च भएको छ । बागलुङमा संघीय सरकारबाट चालुमा रु.६ अर्ब ४ करोड, ५७ लाख ३४ हजार ९६१ र पूँजिगत तर्फ रु. एक अर्ब ५३ करोड,५८ लाख ६३ हजार ९९ बजेट विनियोजन भएको थियो । यस्ती गण्डकी प्रदेश सरकारबाट बिनियोजन भएको चालु तर्फ रु.६० करोड ८२ लाख ६३ हजार ३९३ र पूँगित तर्फ रु. एक अर्व ४५ करोड ८० लाख ६८ हजार रकम बिनियोजन भएको थियो ।

संघीय सरकारको पूँजीगत खर्च जम्मा ६५ प्रतिशत
कोष तथा लेखा नियन्त्रण कार्यालयमा गत आर्थिक वर्षका लागि पूँजिगत तर्फ प्राप्त रु. एक अर्ब ५३ करोड,५८ लाख ६३ हजार ९९ रकममध्ये जम्मा रु. एक अर्ब एक करोड १७ लाख ८९ हजार ३४९ रकम खर्च भएको छ अर्थात कुल पूँजिगत बजेटको ६५.८८ प्रतिशतमात्रै खर्चभएको हो । यस्तै संघीय सरकारको चालु तर्फ ९२ प्रतिशत बजेट खर्च भएको छ । संघीय सरकारको चालु तर्फ विनियोजन भएको रु.६ अर्ब ४ करोड, ५७ लाख ३४ हजार ९६१ मध्येबाट ५ अर्ब ५८ करोड ७६ लाख ५४ हजार ५६९ बजेट खर्च भएको छ ।

प्रदेश सरकारको पूँजिगत खर्च ८१ प्रतिशत
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष संघीय सरकारको बजेट भन्दा प्रदेश सरकारको बजेटको पूजिगत तर्फ बढी खर्च भएको छ । संघीय सरकारको पूँजिगत बजेटको ६५ प्रतिशत बजेट खर्च हुँदा प्रदेश सरकारको ८१ प्रतिशत बजेट खर्च भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । गत आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारबाट बिनियोजन भएको पूजिगत तर्फको रु. एक अर्व ४५ करोड ८० लाख ६८ हजार मध्ये रु. एक अर्ब १९ करोड १६ लाख ९३ हजार ४५६ रकम खर्च भएको छ अर्थात कुल पूँजिगत बजेटको ८१.७३ प्रतिशत बजेट खर्च भएको हो । यस्तै चालु बजेट तर्फ विनियोजन भएको रु.६० करोड ८२ लाख ६३ हजार ३९३ मध्ये रु.४७ करोड ४५ लाख ३२ हजार खर्च भएको हो ।

वित्तीय अनुशासन विपरित असारमा धेरै बजेट खर्च
बागलुङलाई प्राप्त संघीय सरकारबाट बिनियोजन भएको पूँजिगत तर्फको बजेट असार महिनामा मात्रै रु. ४६ करोड २४ लाख २९ हजार ९६९ रकम खर्च भएको छ । निर्माणकार्य असारमा सम्पन्न हुँने र सरकारी कायाृलयले समेत सबै खर्च असामानै माग गर्ने भएकाले असारमा बढी रकम खर्च देखिन गएको कोष नियन्त्रक तथा सूचना अधिकारी आचार्यको भनाई रहेको छ ।

सरकारले वित्तीय अनुशासनका लागि बनाएको नीतिगत व्यवस्था विपरित जिल्लास्थित अधिकांश कार्यालयले आर्थिक वर्षको अन्तिम महिनामा बजेट निकासा गरेको पाइएको छ । कोरोना संकटका कारण विकास निर्माण तीन महिना ठप्प हुँदा असारमा बढी रकम निकासा हुँन पुगेको हो । कोरोना संकटका कारण ५० प्रतिशत बजेट समेत खर्च नहुँनेहो की भन्ने चिन्ता रहेको समयमा सन्तोषजनक बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *