समयमै पुल नबन्दा दुई जिल्लाका स्थानीयलाई सास्ती

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रिय गौरवको आयोजना बेनी जोमसोम सडक खण्ड अन्तरगत म्याग्दीको बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालका संगै मुस्ताङलाई जोड्ने मोटरेबल पुल समयमा नै निमार्ण नहुदा मुस्ताङ र म्याग्दीका स्थानीयलाई सास्ती भएको छ । असार २५ गते आएको अविरल बर्षाका कारण बेनी जोमसोम सडक खण्डको म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका जोड्ने रघुगंगा नदी माथिको माटरेवल पुल बगायो । कालिगण्डकी करीडोरले त्यही पुल नजिकै बनाउन लागेको पक्की पुलको काम डेढ बर्ष देखी अलपत्र अवस्थामा रहेको छ। कालिका गजुमुखीले ठेक्का लिएको उक्त पुल समयमा नै सम्पन्न हुन नसक्दा सर्वधारणलाई सास्ती खेप्नु परेको छ ।

पटक पटक खोलामा आउने बाढीले पुरोनो मटरेवल पुल बगाएसंगै नजिकैको झोलुङ्गे पुल समेत खतरामा परेको छ । पुल बगाएपछी सिधा सवारी साधन बन्द भएको छ । सिधा सवारी साधन बन्द हुदा व्यपारी संगै सर्वसाधरणलाई समस्या भएको छ। समयमा नै पुल नबन्दा झोलुङ्गे पुलबाट सामान मान्छै लगाएर वारपार गराउदा निकै समस्या हुने गरेको छ।

समयमा सामान वारपार गराउने मान्छे भटिदैन अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका महेन्द्र पुर्जाले भने, ‘पारीबाट वारी लिएको एक बोराको ५० रुपैयाँ लिन्छन्, यो बेला समान यसै त महागो हालेर लिनुपर्छ झन यसरी ढवानी गर्दा महगोमा परियो’, ‘गाउँमा लगेर यो सामान बेच्दा गाउँलेलाई मँहगो हुने भयो’ बेनी देखी गलेश्वर सम्म गाडी खोज्नु प¥यो त्यसपछि पुनः गलेश्वर देखी गाउँ सम्म जाने सवारी साधन पाउनै मुस्कील हुने गरेको उनको भनाई छ ।

बर्षातको समय छ, कुनै समन बिज्यो भने बिग्रने हुन्छन्, अर्का व्यपारी केसर हिराचनले भने, ‘सिमेन्ट बिज्यो भने बिर्गन्छ, तर यहाँ भनेको समयमा मान्छे पाहिदैन, यसले कुनै बेला धेरै दुःख हुन्छ’ ‘यो नयाँ पुल समयमा नै सम्पन्न भएको भए यो समस्या आउने थिएन’ । मोटरसाईकल झोलुङ्गगे पुलबाट वारपार गराउदा पुल झन कमजोर हुदै गएको छ ।

उक्त खोलामा दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माण सुरु गरिएको भए पनि हालसम्म निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले वर्सेनि सास्ती भोग्नुपरेको रघुगंगा गाउँपालिका ३ पिप्लेका वडा अध्यक्ष जिवन कुमार मल्ले बताए । ‘हामीले यो पुल निमार्ण समयमा नै सक्नुप¥यो भनेर पटक पटक आग्रह गरेपनी सम्बन्धित निकायले सुनोनसुनो ग¥यो’ उनले भने, यसले म्याग्दीका दुई गाउँपालिका सहित मुस्ताङ जिल्ला जाने यात्रुहरुलाई समते प्रत्येक्ष असर गरेको छ । यो पुल समयमा नै सकेको भए अहिले सर्वसाधारणले यस्तो दुःख नहुने उनको भनाई छ ।

यता बेनी जोमसोम करीडोर आयोजनाले भने निमार्ण कम्पनीलाई तोकता गर्दा पनी काम समयमा सम्पन्न गर्न नसकीएको बताएको छ । बेनी जोमसोम सडक खण्डको ठाउँ ठाउँमा क्षेती पुगेर सडक अबरुद्ध भएको सडकलाई खुलाउने काम भैरहेको आजोजनाले जनाएको छ । गलेश्वरको नदीले बगाएको पुललाई पुरानो अवस्थामा ल्याउन र नयाँ बन्न लागेको पुलको काम सुरु भएको योजना प्रमुख असोक तिवारीले बताए ।

‘हामीले यो पुरानो पुलाई पुरानो अबस्थामा १५÷२० दिन भित्र ल्याछौँ’ उनले भने, त्यसपछी बेनी जोमसोममा सिधा सवारी यातायात सञ्चालन हुन्छ । सडकको अन्य ठाउँमा भएको अबरुद्ध सडकको मर्मत कार्य भैरहेको तिवारीको भनाई छ। बेनी जोमसोम सडक खण्डमा १४ वटा पक्की पुल निमार्णधिन अवस्थामा छन् । अहिले सम्म दानाको घट्टेखोला पुल सम्पन्न भएको छ । ४ वटा निर्माणधिन अवस्थामा छन् भने बाँकी अलपत्र अवस्थामा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *