बम बनाउने ईस्प्रिङ सहित एक जना पक्राउ

आदर्श अनलाईन, बागलुङ ।
बम बनाउँन प्रयोग हुने ईस्प्रिङ सहित एक युवा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बम बनाउँन प्रयोग हुने ईस्प्रिङ र हतियार सफा गर्न प्रयोग हुने पुलथ्रु सहित म्याग्दीको रघुगंगा गाउँपालिका–८ का २० वर्षीय नवराज विकलाई बिहीबार राती बागलुङ बजारबाट पक्राउ गरेको हो ।

विकको साथबाट बम बनाउँन प्रयोग हुने ईस्प्रिङ ८ थान, हतियार सफा गर्न प्रयोग हुने पुलथ्रु र तेलमा भिजाएको टल्ली, जनसंयोजक लेखिएको टिसर्ट एक थान र विभिन्न कागजपत्रहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी झविन्द्र प्रसाद भटराईले जानकारी दिनुभयो ।

विकले आफु नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित पार्टी नेकपाको समान्य कार्यकर्ता रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *