जिल्लाको शान्ति, सुरक्षा र समन्वय प्रभावकारी गराउँछु–नव आगन्तुक प्रजिअ न्यौपाने (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ
बागलुङमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा सुरेश न्यौपाने आउनु भएको छ ।

प्रजिअ न्यौपानेले सोमबार पत्रकार भेटघाट गर्दै जिल्लाको शान्ति सुरक्षाका लागि सबै निकायसँग समन्वय गरि काम गर्ने बताउनुभयो ।

उहाँले विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणको लागि थप शसक्त भएर लाग्न बताउनुभयो ।

उहाँले कोरोना महामारीसँगै वर्षाको समयमा बाढी पहिरोले विपद् निम्त्याउन सक्ने भन्दै सबैलाई सहक र सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो ।

यो समयमा जुनसुकै विपद् आइ पर्न सक्ने भन्दै क्वइक रेस्पोन्स टिम समेत तयार हुन आग्रह गर्नु भयो । उहाँले जिल्लाको सबै वस्तु स्थिती बुझि रहेको उहाँको भनाई छ ।

हेर्नुहाेस् भिडियो सहित

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *