सुभेच्छा पन्त
आमा नै संसारमा उज्यालो फैलाउने एक शब्द हो र आमा नै सवै व्यक्तिको लागि माया र ममताको खानी हो आदिको शिक्षा पाउनुको साथै गुरुले भन्नु भएको अव्राहम लिङ्कनद्वारा भनिएको तिमी मलाई असल आमा देउ म तिमलाई राष्ट्र दिन्छु ।
जिन्दगीका विभिन्न क्षणमा कुनै क्षण हासो रोक्न सकिन्न भने कुनै क्षण आँसुको सागर बन्छ । त्यही मध्ये मेरो जिन्दगीको एक रमाइलो क्षण जुन दिन मैले जीवनमा कहिलै नपाएको नयाँ शिक्षा पाए । प्रज्ञा प्रेम छोटा गुरुले मलाई त्यसदिन जिवनका विभिन्न समस्या संघर्षको अनुभव गराउनुभयो । जीवन दुख र सुखको सागर हो ।
जीवनमा विभिन्न मानिसलाई भेटिन्छ कोही मानिस संघर्ष, माया, ममतामा रुमलिएको हुन्छन् भने कोही रिस र इष्र्यामा जब कि उनीहरु सवै आमाबाट नै जन्मिएका हुन् । आमा नै संसारमा उज्यालो फैलाउने एक शब्द हो र आमा नै सवै व्यक्तिको लागि माया र ममताको खानी हो आदिको शिक्षा पाउनुको साथै गुरुले भन्नु भएको अव्राहम लिङ्कनद्वारा भनिएको तिमी मलाई असल आमा देउ म तिमलाई राष्ट्र दिन्छु ।
यो भनाईले मलाई भावुक बनायो । मेले सम्झे मेरी आमालाई अनि विभिन्न आश्रमहरुका आमालाई आमा बिना कुन सृष्टी हुन्छ र तरपनि किन आमालाई आश्रममा गुरुले भन्नुभएको अर्को भनाई “संसारमा मैले कुनै पुस्तक पढे भने मेरी आमा पढे” य आमा तिमी कति महान छौ । उहाँले यसको साथसाथै महिलामाथि हुने अन्याय अत्याचार, शोषण लगायत महिलाले गर्दा घरबार बनेको र बिग्रोको समस्याहरु भन्नुभयो ।
यस संसारमा मानिस नै भगवान हुन र संसार नै स्वर्ग हो यदि मानिस भानुभक्त आचार्य, गौतम बुद्ध, महात्मा गान्धी, अब्राहम लिङ्कन आदि जस्ता भए भने । संसारलाई स्वर्ग बनाउनको लागि मानिसको व्यवाहार, आचारणमा भर पर्छ । जुन घर स्वर्ग तुल्य हुन्छ तर जुन घरमा महिला कर्कशा र पुरुष दुर्जन हुन्छन् त्यो घर बगर हुन्छ । त्यसैले संसारलाई स्वर्ग बनाउने जिम्मेवारी हामी नागरिकमा छ ।
उहाँको हाम्रो घरमा भएको आगमनले मेरो मानसपटलमा थप उर्जा थपिदियो जसबाट मलाई साहित्य सिर्जना र अनुसन्धान प्रति जिज्ञासाहरु थपिदै आए र अझ उहाँको बारेमा मैले सोधपुच्छ गर्न थाले वास्वतमा उहाँ त एक कुशल सष्ट्रा मात्र नभई व्यवाहारीक चिन्तन एंव समाज सुधारक व्यक्तित्व पो हुनु हुँदो रहेछ र यो कुरा बुझेपछि मेरो मनमा उहाँको बारेमा केहि लेखु लाग्यो र उहाँसंग विताएका केहि क्षण मेरालागि अमूल्य बन्न पुगेको छ ।
उहाँले दिनु भएको यो शिक्षा जसमा आमाप्रतिको माया, मोह, श्रदा सम्मानबाट हामी सबैले पाठ सिक्नै पर्ने देखिन्छ । वास्तवमा आमा संसार हुन आमाको चितत्त दुखाएमा कदापी हाम्रो भविस्य उज्वल बन्न सक्दैन मलाई लाग्न थाल्यो । वास्तवमा प्रेम छोटा गुरुको जिवनीबाट हामी सधै निरन्तर अभ्यास गर्ने सत्यबादी चिन्तन दुखमा नआतिने र सुखमा नमातिने हुनुपर्दछ ।
आफ्नो बाबु ६१ वर्षको हुदाँ जन्मनु भएका उहाँ आफु जन्मना साथ आफ्नो बुबाको मृत्यु भएको र जन्मनासाथ संर्घषका दिनहरु सुरुवात भएको बताउने छोटा गुरुले ५० पैसा नपाएर २०१० सालमा विद्यालय भर्ना हुन नपाएकोले निन्याउरो मुख लगाएर फर्केको देखेपछि एक जना मायालु दिदीले ५० पैसा दिई भर्ना गराई दिएपछि मात्र मेरो अध्यायन गर्ने तिव्र इच्छा पुरा भएको बताउनु हुन्छ । वर्तामान विद्यामन्दिर मा.वि मा अध्ययन गर्नुभएको छोटा गुरुले अहिले विद्यामन्दिरलाई संसार कै उत्कृष्ट विश्व विद्यालयका रुपमा यस विद्यालयलाई चित्रण गर्नुहुन्छ ।
नेपाली साहित्य अनुसन्धानको क्षेत्रमा अतुलनिय योगदान प¥याउनु भएको छोटा गुरुबाट मैले छोटो कुराकानीबाट जे कुरा सिके यो मेरो जीवनका लागि महत्वपूर्ण शिक्षा बन्न पुगेको छ । उहाँले दिनु भएको शिक्षाबाट आगामी दिनमा युवा पुस्तालाई जेष्ठ नागरिकको शिक्षा अनिवार्य रहेछ भन्ने बोध मलाई भएको छ । हाम्रो समाजमा प्रचलित भनाई कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ने भनाईलाई आत्मसाथ गदै जेष्ठ नागरिकलाई सुन्ने पुज्ने र बुझ्ने गरेमा वर्तामान समयमा देखिएको उश्रृखल कार्यहरुका साथै विकृती, विसङ्गतीहरु अवश्यपनि समाधान सुन्ने छन् भन्ने लाग्दछ ।
उहाँको जिवनीबाट हामी दुखमा भएमा मात्र संघर्ष गर्न सक्दछौ सुखमा भयौ भने मातिएर प्रगती गर्न सक्दैनउ त्यसैले जिवनको सुरुवात शुन्यबाट भएमा मात्र जिवन सार्थक बन्दछ र निरन्तर प्रगति सम्भव हुन्छ , त्यसैले निरन्तर संघष गर्नु हाम्रो जिवनका अनिवार्य नियम हो ।