जैमिनीका विद्यालयमा सेनेटरी प्याड डिस्पोज मेसीन वितरण

साधना पन्त, बागलुङ
जैमिनी नगरपालिकाले सामुदायिक विद्यालयमा सेनेटरी प्याड डिस्पोज मेसीन वितरण गरेको छ ।

नगरपालिका अन्तरगतका २२ वटा विद्यालयमा प्रधानाध्यापकहरु बीचको बैठकमा उक्त मेसीन हस्तान्तरण गरेको हो ।

कोरोना महामारीलाई मध्यनजर गरी वडा नम्बर १, ४, ५, ६ का प्रधानाध्यापकहरुलाई मेसीन हस्तान्तरण गरेको र बाँकी विद्यालयलाई पनि तत्तकाल हस्तान्तरण गर्ने जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आर्चायले जानकारी दिनुभयो ।

उहाँले नगरका विद्यालय सञ्चालन गर्ने विषयमा छलफल गरेको हुदाँ क्वारेन्टिन निमार्ण गरेका विद्यालयलाई खाली गरी अन्य भवनमा क्वारेन्टिन बनाई विद्यालय सेनिटाईज गर्ने र भदौ १ गतेबाट कक्षा संञ्चालन गर्ने निणर्य गरेको बताउनुभयो ।

कोरोनाको महामारीले गर्दा लामो समयसम्म विद्यार्थीहरु घरमै बसेको अवस्था रहेकाले बैकल्पिक शिक्षण सिकाई सहयोग समग्रीहरु घरमै बसेर अध्ययन गर्न मिल्ने भएकाले सिकाई समग्रीप नि वितरण गरिएको उहाँको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *