बानपा-३ तातोपानीमा घर भत्कियो,७१ बर्षीय अपांग सार्की समस्यामा

साधना पन्त, बागलुङ

निरन्तरको बर्षाका कारण बागलुङ नगरपालिका वडा नम्वर-३ तातोपानीका कृष्णबहादुर सार्कीको घर भत्किएको छ ।

अविरल बर्षाका कारण घर भत्किए पछि समस्यामा परेको कृष्णका जेठा छोरा बलबहादुर सार्कीले बताउनुभयो । कृष्णबहादुर र बलबहादुर छुट्ट भिन्न भएर बस्दै आएका थिए । तर, घर भत्किए पछि ७१ बर्षीय अपाङ्ग बुवालाई आफ्नै घरमा लिएर राखेको बलबहादुरको भनाई छ ।

बागलुङ नगरपालिकाले बर्खायाम शुरु भए पछि घर अगाडी सडक विस्तारका क्रममा डोजर चलाएकै कारण घर भत्किएको उहाँको भनाई छ । ‘बागलुङ नगरपालिका र वडामा साउन ७ गते म आफै गएर कुराकानी गरेको थिए तर उहाँहरुले यो बर्खाको समयमा केही गर्न सकिदैन अहिले पालले ढाकेर राख्नुस्, बर्खा सकिए पछि केही गरौला भन्नु भएको थियो’ उहाँले भन्नुभयो, ‘अहिले नै घर भत्कियो, अब कहाँ जाने ? के गर्ने ?’

घरमा भएको क्षतिबारे प्रहरीलाई मुजुल्का लिनका पठाइसकिएको बानपा ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले बताउनुभयो । ‘मेयर सापले पनि हिजो आएर जोखिमको अवस्था अध्ययन गरेर फर्कनुभएको थियो,’ अध्यक्ष बाँस्कोटाले भन्नुभयो, ‘अब तत्काल केके गर्न सकिन्छ, त्यसका लागि पहल गर्छौ । र त्यसपछि पानी बन्द भए पछि के गर्न सकिन्छ ? त्यसबारे पनि हामी छलफल गर्छौ ।’ तातोपानीमा अन्य ४ वटा घर पनि जोखिममा रहेकाले आवश्यक सचेतता र सहयोगका लागि पहल भइरहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *