जसले गराए सडकमै सुत्केरी (हेर्नुहोस् भिडियो)

साधना पन्त, बागलुङ ।
बागलुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन नसकेर धौलागिरी अस्पताल रेफर गरिएकी गर्भवती महिलालाई बागलुङको खहरेका स्वास्थ्यकर्मीले बाटैमा सुत्केरी गराएका छन् ।

बागलुङको बडिगाड गाउँपालिका १ कि २४ वर्षीया मनिका घर्तीको पहिलेनै आँङ खस्ने समस्या रहेकाले बुर्तिवाङमा सुत्केरी गराउँदा अत्याधिक रत्तश्राव हुन सक्ने भएकाले बिहीबार विहान धौलागिरी अस्पताल रेफर गरिएको थियो ।

रातभरी परेको पानीले ठाउँ ठाउँमा पहिरो खसी मध्येपहाडी लोकमार्ग अवरुद्ध भएपछि समयमै अस्पताल पु¥याउन कठिन भएको समयमा व्यथाले च्यापेपछि स्थानिय हेल्थ असिस्टेन्ट समेत रहेका बागलुङ नगरपालिका–३ का सरोज क्षत्रीले बाटैमा जोखिम मोलेर सुरक्षीत सुत्केरी गराउनुभएको छ ।

‘बाटोमा ठुलो पहिरो गएको छ, उहाँलाई व्यथाले च्यापेछ,’ क्षत्रीले भन्नुभयो ‘समयमै अस्पताल पु¥याउन नसक्दा ठुलो दुर्घटना हुन सक्थ्यो, तेसैले जोखिम मोलेरै भएपनि उहाँलाई सुत्केरी गराउने निर्णय गरेको हुँ ।’

‘स्थानिय आमा समुहले पनि सहयोग गर्नुभयो,’ क्षत्रीले भन्नुभयो ‘घर्तीले छोरी जन्माउनु भएको छ, अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य छ ।’ उहाँलाई बाटैमा सुत्केरी गराएको भएपनि प्रहरीको सहयोगमा स्टेचरमा पहिरो पार गराएर अहिले धौलागिरी अस्पताल ल्याईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *