तीन दिनपछि सञ्चालनमा आयो मध्यपहाडी लोकमार्ग

आदर्श अनलाइन, बागलुङ
अविरल वर्षा पछि आएको पहिरोका कारण अबरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ ।

पहिरोका कारण मंगलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझबाट एक तर्फी सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–३ बोक्सेमा गएको टूलो पहिरोका कारण अबरुद्ध बनेको लोकमार्ग मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाईएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । ‘एक तर्फी यातयात सञ्चालनमा आएको छ’ थापाले भन्नुभयो ‘ठूलो पहिरो भएकाले पानी पर्दासाथ पुन लोकमार्ग अबरुद्ध हुँन सक्ने अवस्था समेत छ ।’

पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सवारीसाधन बीचबाटोमै अलपत्र परेका थिए ।
बुधबारदेखिनै पहिरो हटाउन प्रयास भए पनि ठूलो पहिरो भएका कारण समस्या भएको लोकमार्ग खुलाउन खटिएका जिल्ला प्रहरी कायाृलयका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो । उहाँले रातको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउनुपर्ने बताउनुभयो ।

लोकमार्ग भासियो
लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको गलकोट खण्डको ठाउँठाउँमा भासिएको छ । गलकोट नगरपालिका–१ र २ का विभिन्न स्थानमा सडक भासिएको गलकोट नगरपालीकाले जानकारी दिएको छ ।

बिहीबार लोकमार्ग वर्षतका कारण भासिएपछि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगरसहितको टोलीले लोकमार्गको स्थलगत अवलोकन निरिक्षण समेत गरेको थियो । दुदिलाभाटीको भुंखानीमा ४० मिटर, काफलठुटामा १० मिटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मिटर सडक भासिएको नगर उप–प्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *