कालीगण्डकी दोहनमा संलग्न ट्रिपर चालकसहित डोजर प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

डम्मर बुढा मगर, बागलुङ ।
अवैध रुपमा कालीगण्डकी दोहन गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जना ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

बिहिबार राती कालीगण्डकीमा बालुवा निकाली रहेको अवस्थामा एक जना ट्रिपर चालक, डोजरको चाबी र ट्रिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले ग १ क ४५११ नम्बर को ट्रिपर र सोही ट्रिपर चालक कृष्ण परियारलाई नियन्त्रणमा लिएको छ भने नम्बर नखुलेको डोजरको चाबी समेत प्रहरीले लिएको छ ।

‘ट्रिपर चालक र ट्रिपर नियन्त्रणमा लियौँ, डोजरको चाँबी पनि लिएका छौँ, चालक भगेछ त्यस कारण डोजर लिन सकेनौँ,’ सुवेदीले भन्नुभयो ‘चालक भेटेको भए डोजर पनि नियन्त्रणमा ल्याउने थियौँ ।’

ट्रिपर क्रसर व्यवसायी विप्लब हमालको भएको पाइएको छ । डोजर कसको होन्ने विषयमा सोधखोज भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको चालकसहित ट्रिपर खसमलाई कारवाहीको लागि जिल्ला समन्वय समितिमा पठाइने प्रहरी निरिक्षक सुवेदीको भनाई छ ।

प्रहरीले यसै साता पाँच जनालाई पक्राउ गरेको खबर सार्वजनिक भएको थियो तर पर्वत प्रहरीले भने भोलीपल्ट डोजरको चाँबी मात्रै लिएको बताएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *