पहिरोले पुरिएर रत्नेचौरमा १ हजार कुखुरा मरे

सिर्जना पन्त, बागलुङ
म्याग्दीको रत्नेचौरमा पहिरोले पुरिएर १ हजार कुखुरा मरेका छन् ।

अविरल वर्ष पछि गएको पहिरोले पुरिएर पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका १ हजार भन्दा बढी कुखुरा मरेको सञ्चालक मात्रिका शर्माले जानकारी दिनुभयो ।

७ गते राती फार्म माथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्ण रुपमा क्षती भएको छ भने अन्य ५ वटा भवनमा सामान्य क्षती पुगेको छ ।

अण्डा दिदै गरेका कुखुरा मर्दा १० लाख र संरचनामा १५ लाख भन्दा बढी क्षती भएको शर्माले बताउनुभयो । ‘हुनत व्यक्तिको व्यवसाय हो भन्ने भएर होला,’ शर्माले भन्नुभयो ‘अहिले सम्म पशु कार्यालय, जनप्रतिनिधी कोही पनि हेर्न आउनुभएको छैन ।’

१ हजार कुखुरा मरि हाले, फार्ममा हुर्कदै गरेका ३ हजार चल्ला र अण्डा दिदै गरेका अन्य २ हजार कुखुरालाई कसरी बचाउने भन्ने चिन्ता सुरु भएको शर्माले बताउनुभयो ।

‘आकाशबाट पानी पर्न रोकिएको छैन,’ शर्माले भन्नुभयो ‘फार्म माथिबाट अझै पहिरो खस्ने सम्भावना छ, बचेका कुखुरा र चल्लालाई कहाँ लगेर कसरी बचाउने अन्योलमा रहेको छु ।’

शर्माले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २०७२ सालदेखि डेढ करोड रुपैयाँको लागतमा ६ वटा भवन निर्माण गरेर पालुवा कृषि तथा पशु विकास फार्म सञ्चालनमा ल्याउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *