विश्व पर्यटन दिवसको अवसरमा युवाहरुले गरे सरसफाई

आदर्श अनलाईन, बागलुङ ।
बागलुङमा क्रियाशिल युवाहरुले शुक्रबार विश्व पर्यटन दिवस २०७६ को अवसरमा बागलुङ कालिका भगवती मन्दिरम सरसफाई गरेका छन् ।

युवाहरुले आयोजना गरेको सरसफाई कार्यक्रममा जर्मनबाट बागलुङ घुम्न आएका पर्यटकहरुले समेत सहभागिता जनाएका थिए । पछिल्लो समय युवाहरु लागु औषध दुव्र्यशन, अपराधिक गतिविधीमा मात्र संलग्न छन् भन्ने भ्रमलाई चिर्दै विश्व पर्यटन दिवसालाई सफल पार्नको लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको युवाहरुले बताएका छन् ।

नेपाल युवा परिषदको आयोजना, संयुक्त चार युवा क्लवको सह आयोजना र बन तथा बातावरण मन्त्रालय वातावरण विभाग, बागलुङ नगरपालिका र डिभिजन बन कार्यालयको संयोजना १ सय भन्दा बढी युवाहरुको उपस्थितीमा शुक्रबार कालिका मन्दिरमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा बोल्दै बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष एंव जिल्ला पर्यटन विकास समिति बागलुङका सचिव राजु खड्काले जिल्लाको पर्यटन विकासको लागि युवाहरु संगठित भएर लाग्नुपर्ने बताउँनुभएको थियो ।

उहा“ले बढ्दो वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै समाजिक क्रियाकलापमा जोडिएर देशमै रोजगारी सिर्जना गर्नको लागि पर्यटन मुख्य आधार बन्न सक्ने भन्दै खड्काले युवाहरुको सकरात्मक कदमको लागि आभार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शम्भु आचार्य, धौलागिरि फोहोर व्यवस्थापन समितिका अध्यक्ष सुधिर श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका अध्यक्ष दुर्गा आचार्य, बागलुङ नगरपालिका–७ का सदस्य केशव कार्की लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्था र कार्यालयहरुको सहयोगमा बागलुङ कालिका मन्दिरमा ६ वटा डस्बिन, १० वटा कुचो र १० वटा फोहोर उठाउ“ने भा“डा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संयुक्त चार युवा क्लवका अध्यक्ष अभिषेक कटुवाल क्षेत्रीको अध्यक्षता, सह सचिव रोशन कुँवरको स्वागत, सचिव आशिष शर्मा को सञ्चालन र आदर्श युवा क्लवका अध्यक्ष रोशन जिसीको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *