पोखराका तीन क्वारेन्टिनमा लायन्स क्लब अफ पोखराको सहयोग

आदर्श अनलाइन, पोखरा ।
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले ९० जनालाई पुग्ने खाद्यन्न सहित स्लिपर्स सहयोग गरेको छ ।

पोखरामा रहेका शुक्रराज बलभद्र क्वारेन्टिन, जनप्रिय क्वारेन्टिन र पद्यम नर्सिङ क्वारेन्टिनमा रहेकाहरुलाई शुक्रबार विहान सहयोग गरिएको क्लब अध्यक्ष कोपिला श्रीसले जानकारी दिनुभयो ।

पोखरामा भर्खरै स्थापना भएको क्लबले सामाजिक सेवाको कार्य गरेको भन्दै पोखरा महानगरपालिका १४ का अध्यक्ष प्रेमबहादुर कार्की, ८ का अध्यक्ष रुद्रनाथ बराल, ३ का अध्यक्ष रविन्सन प्रजुले धन्यवाद दिनुभएको थियो । उहाँहरुले क्लबले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिनको लागि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ बि वानका को चिफ एडभाईजर सुचित्रा थापा डिष्ट्रिक्ट चियरपर्सन रोजी श्रेष्ठ, विकास भुर्तेल, मिड टाउनका द्धितिय उपाध्यक्ष सुना श्रेष्ठ, क्वारेन्टाईन स्वास्थ्य संयोजक जीबन तिवारी, पोखरा महानगरपालिका १४ का वडा सदस्य जितेन्द्र थापा, शुक्लागण्डकी माध्यामिक विद्यालयका शिक्षक ढक पुन लगायतले शुभकामना दिनुभएको थियो ।

तेसैगरी शुक्लागण्डकीमा विरुवा रोप्नको लागि ७ हजार रुपैया र विरुवा प्रदान गरिएको क्लबका प्रथम उपाध्यक्ष कुश्मराज सुवेदीले जानकारी दिनुभएको छ । कार्यक्रम क्लबका तृृतिय उपाध्यक्ष उषा थापाको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *