कालीगण्डकी दोहनको विषयमा आवाज उठाउँदा अधिकारकर्मी शर्मालाई धम्की

डम्मर बुढा मगर, बागलुङ
कालीगण्डकी दोहनको बारेमा आवाज उठाएको भन्दै बागलुङका सामाजिक अभियान्त राम शर्मालाई क्रसर व्यवसायीले धम्की दिएका छन् ।

विगत ३ वर्षदेखि आफूलाई क्रसर व्यवसायीहरुले धम्की दिँदै आएको शर्माको भनाई छ ।

दोहनको विषयमा नबोल्न नलेख्न भन्दै पर्वतको जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल र निर्माण व्यवसायी विप्लव हमालले निरन्तर धम्की दिँदै आएको शर्माले बताउनुभयो ।

कालीगण्डकीको बारेमा केही नलेख्न र नबोल्न भन्दै बोले १० वर्ष पहिलेको गोप्य भिडियो सार्वजनिक गरि दिनेभन्दै दबाव दिएको शर्माको भनाई छ ।

‘मैले धेरै पहिलेदेखि कालीगण्डकी दोहनको बारेमा आवाज उठाउँदै आएको छु,’ शर्माले भन्नुभयो ‘यस विषयमा केही साथीले कालीगण्डकीको विषयमा आवाज उठाइस भने तलाई पनि हामीले जानेका छौँ, १० वर्ष पहिलेको भिडियो सार्वजनिक गर्दिन्छु भन्दै धम्कीपूर्ण भाषा प्रयोग गर्दै आउनुभएको छ ।’

जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्ल आफूले कसैलाई पनि धम्की नदिएको बताउनुभयो ।

‘कालीगण्डकी दोहन पनि भएको छैन, धम्की पनि कलाई दिने किन दिने ?,’ उहाँले भन्नुभयो ‘हामीसँगै त्यस्तो कुरा केही भाको छैन, नदी दोहन भएको पनि देखाका छैनौँ, बरु बाढीले ल्याएको
संकलन गरेको देखेका छौँ, त्यो संकलन पनि गर्न नपाइने हो त्यो बन्द गर्नु पर्छ ।’

क्रसर व्यवसायी विप्लव हमालले आफूले कसैलाई धम्की नदिएको भन्दै त्यो हावादारी गफ भएको बताउनुभयो ।

‘म त्यस्तो व्यक्तिनै होइन, किन धम्की दिने, मान्छेहरुको स्वतन्त्रता आ–आफ्नो हुन्छ किन धम्की दिने, त्यस्तो प्रमाण भए म कारवाहीको भागीदार हुन्छु,’ उहाँले भन्नुभयो ‘यो सब गलत कुरा हो, कोही मान्छेहरु तर्सिएर आफ्नो गल्ती धाक छोप गर्न त्यस्तो भनिएको हो मैले कसैलाई धम्काएको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *