म्याग्दीमा बढ्दाे दुर्घटना

आदर्श अनलाइन, म्याग्दी
म्यादीमा पहिल्लो बर्षमा सवारी दुर्घटना बढ्दै गएका छन् । ट्राफिक प्रहरी कार्याल म्याग्दीको पछिल्लो तिन बर्ष यताको तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या गत आर्थिक बर्षमा रहेको छ। २०७६/७७ मा १३ वटा दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । जसमा ३४ जना घाइते भएका थिए । २०७५/७६ मा ७ दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका थिए । त्यस्तै २०७४/७५ मा १४ दुर्घटना, ११ को मृत्यु भएको थियो, भने ३२ जना घाइते भएका थिए ।

गत चालु आर्थिक बर्षको साउन देखी असार सम्मा ३६ सय सवारी चालकलाई कारबाही गरिएको छ। जसमा २२ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयका हवल्दार बैकुण्ठ पौडेलले जानकारी दिए ।उनका अनुसार एक बर्षको अवधिमा ४३९ वटा ट्रक कारबाहीमा २ लाख ८५ हजार ५ सय, ४६० वटा बस कारबाहीबाट २ लाख ५८ हजार ५ सय, १४ सय १० वटा जिपकार कारबाहीबाट ८ लाख, १५ हजार ५ सय, ५७७ वटा ट्याक्टर कारबाहीमा ३ लाख ४४ हजार ५ सय र ७१४ वटा मोटरसाइकल कारबाहीबाट ५ लाख १५ हजार, ५ सय राजश्व संकलन भएको छ । ‘यो गत बर्षको भन्दा करिब आधा कम राजश्व हो’ उनले भने, ‘लकडाउनका कारण सयो चैत महिना देखी राजश्व संकलन कम भएको हो’ २०७५/७६ मा ६२ सय सवारी कारबाहीबाट ४१ लाख ९३ हजार ५ सय राजश्ज संकलन भएको हो ।

ट्राफिकको नियम बिपरित सवारी साधन चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजात बिना सवारी चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख विष्णु प्रसाद नेपालीले बताए । सवारी कारबाहीमा पर्ने मध्ये जिप र कार बढी छन् । ‘बजार क्षेत्रभित्र रातिको समयमा मादक पदार्थ सेवन गरि मोटरसाईकल चनाउने लाई कडा निगरानी गरेका कारण, कारबाहीमा पर्ने मोटरसाइल बढी भएको हो ।

‘यो अघिल्लो आबको यहि अवधी भन्दा धेरै हो । ट्राफिक प्रहरीको सक्रियताले नियम विपरित सवारी चलाउने चालक कारबाहीमा परेका छन् । बैकुयठ पौडेलले भने, ‘सबैभन्दा धैरै असोज र मंसिर महिनामा संकलन भएको देखिएको छ ।’ ग्रामिण भेगमा चल्ने कालो नम्बर प्लेटका जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेपनि प्रहरीले त्यसतर्फ निगरानी बढाउन सकेको देखिएको छैन । प्रहरीकै अगाडी यस्ता गतिविधी हुने भएपनि प्रहरीले त्यसलाई संरक्षण गरिरहेको गुनासो यात्रुहरुको छ ।

यात्रुहरुको गुनासोकै आधारमा ग्रामिण भेगमा सञ्चालन हुने सवारी साधन माथि बढी निगरानी बढाईएको ट्राफिक कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले बताए । ‘त्यस्ता सवारी साधन माथि हामीले बढी निगरानी राख्न थालेका छौँ’ उनले भने । उनले ट्राफिक नियमको पालना नगरि जथाबाबी सवारी साधन चलाउनेलाई कडा कारबाहि गर्ने गरिएको छ ।

ग्रामीण भेगमा चल्ले निजि सवारी साधनले यात्रु बोक्ने र मनपरि भाडा असुल गर्ने धेरैको गुनासो आएपछी चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिकले जनाएको छ । चालकलाई कारबाहीमा मात्र नभएर कार्यालयले चालक, विद्यार्थी र सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाएको छ। कार्यालयका अनुसार विभिन्न विद्यालयमा पुगेर ३ सय जना विद्यार्थी, एक पटक ४५ चालक, व्यवासायी चालक ४ सयलाई नियमको बारेमा जानकरी गराएको थियो । त्यस्तै ट्राफिक नियम सम्बन्धी ४ पटक अन्तक्रिया, चालक यात्रु मैत्री कक्षा २२ वटा र विभिन्न स्थानमा पर्चा वितरण गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *