बागलुङमा ग्राण्ड को-अपरेटिभ सर्भिसेस, अध्यक्षमा बिना कार्की

आर्दश अनलाईन, बागलुङ

ग्राण्ड को-अपरेटिभ सर्भिसेस लिमिटेड बागलुको प्रथम साधारण सभा शुक्रबार बागलु बजारमा सम्पन्न भएको छ ।

साधारण सभाले बिनाकुमारी कार्की पन्तको अध्यक्षतामा ११ सदस्यको नयाँ सञ्चालक समिति चयन गरेको छ ।

उपाध्यक्ष दिपेन्द्र घिमिरे, सचिव हरि प्रसाद शर्मा , सह–सचिव कमल पन्त र कोषध्यक्षमा निशान खड्का रहनु भएको छ । सञ्चालक समिति सदस्यमा दिपेन्द्र कँडेल, मनोज केसी, प्रतिज्ञा शर्मा, आकृति भण्डारी, सिता राजभण्डारी र बिराछ पौडेल चयन भएका छन् भने लेखा समितिको संयोजकमा सोनि कार्की र सदस्यहरुमा पविन पन्त ,कृष्ण प्रसाद शर्मा कँडेल रहनु भएको सह–सचिव कमल पन्तले जानकारी दिनुभयो ।

जिल्लाकै कान्छो सहकारी रुपमा रहेको ग्राण्ड कोअपरेटिभमा बागलुङमा रहेका युवा व्यवसायीको लगानी रहेको छ ।

सधारण सभामा संस्थाका अध्यक्ष बिना कुमारी कार्कीले युवाहरुको आर्थिक विकासमा सहकारीले भूमिका खेल्ने भन्दै आगामी दिनमा सहकारीले युवालक्षीत कार्यक्रम समेत गर्ने बताउनुभयो ।

साधारण सभामा अध्यक्षयता बिना कुमारी कार्की पन्त ले गर्नु भएको थियो भने नारायण गोतमको स्वागत र निसान खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *