राजनैतिक परिवर्तनपछि पनि किन गुम्यो शैक्षिक परिवर्तन

राम सुवेदी

चेतनाको जग देशको शिक्षा र हाम्रा शिक्षालय हुन् । राजनैतिक चेतना र शिक्षा नभए स्वयं राजनीतिले अधूरो र अपूरो रुप लिन्छ । राजनीति समाज विज्ञान पनि हो । राजनीति शास्त्र अध्ययन गर्ने विद्यार्थीले, नीतिशास्त्र, विज्ञान शास्त्र, अर्थशास्त्र, दर्शन शास्त्रको अध्ययन गरिरहेको हुन्छ । शैक्षिक योग्यता, क्षमता र समाजशास्त्रीय गति अध्ययन गरिरहेकोहुन्छ ।

यसकारण शैक्षिक व्यत्तित्व वा एक प्राज्ञिक क्षमता राख्ने जो सुकैले शिक्षामा राजनीति जरुर आवश्यक देख्छ । राजनीतिले चेतनादेख्छ । प्रगति देख्छ । उन्नतिको हिसाव राख्छ । जो अध्ययनले सामाजिक अध्यायताको गुण अध्ययन गर्दैन, व्यवहारतः त्यसको गुण दोषको गणनाा गर्न जान्दैन, खासमा त्यो शैद्धान्तिक अध्ययता हुनसक्ला तर व्यवहारमा राजनैतिक अध्ययता बन्दैन रहुन सक्दैन । राजनीति एक नितीशास्त्र पनि हो । हर राष्ट्रको राजनीतिक व्यवस्थाले राष्ट्र, जनता, त्यो देशको आमूल परिवर्तन चाहन्छ । राजनीतिलाई देशको शैक्षिक अवस्थाको ऐना समेत भनिएको छ । विश्व राजनीतिले एकातर्फ गरिखाने वर्गको समन्वय र हितका लागि समाजवादहुँदै साम्यवादसम्मको गन्तव्य अघि बढाउँछ । अर्कोथरी राजनीतिले यथास्थितिमा पुँजीवादहुँदै समाजवादको गति खोज्छ ।

हाम्रो देशको वर्तमान राजनीतिक अवस्था त्यसको ठीक उल्टोपाल्टो छ । राजनीतिले शिक्षामा परिवर्तन खोजेको हो, त्योसकेन तर शिक्षाले समेत राजनैतिक परिवर्तन चाहेको हो त्यो पनि छैन । आज राष्ट्रको शैक्षिक गुणस्तर आफैमा खस्कदै गएको छ । वैज्ञानिक, व्यवहारिक, र जीवनउपयोगी शिक्षा नीति र प्रणालीको सुरुवात नभइसकेको अवस्थामा हाम्रो शिक्षाल वेरोजगार उत्पादन गर्र्दैछ । त्यसमा पनि नैतिक आचरणमा खोट देखाइरहेको छ । वर्तैमान शिक्षानीति र शिक्षा प्रणालीले देशको अर्थतन्त्रमा फेरबदल ल्याएन, त्यसको साटो, नेता र नेतृत्वको लोभ, लालच, चाकडि र धुत्र्याई सिकायो । हिजो बैज्ञानिक शिक्षा, जनवादी शिक्षा र व्यवहारिक शिक्षाका नारा लगाएर आजका शिक्षलयहरुमा नारावाजी गर्ने विद्यार्थीहरु राज्यको बागडोर सम्हाल्न त पुगे तर त्यहाँ पुगेर उनीहरुले हिजोका नारा नै भुलिदिएका छन् ।

आजका शिक्षालयमा नैतिकताका पाठ पढाइनुपर्ने हो । नैतिक शिक्षा पढाउने गुरुहरु आफै नैतिकवान चरित्रले ओथप्रोत हुनुपर्ने हो । शिक्षा लिने भन्दा पहिला शिक्षा दिनेहरुको नैतिक आचरण, वानी व्यवहार, बुद्धिमता, धैर्यता, विवेक, समझदारिता, साझेदारिता, एकता कायम भएको देखिनुपर्ने हो । देशको आर्थिक रराजनैतिक परिवर्तन गर्न पहिलो व्यवहारिक र वैज्ञानिक शिक्षानीतिका सवालमा बहश, छलफल हुनुपर्ने हो । विडम्बना त्यसको साटो आसा र भरेसा गरेका मान्छेहरु कपटपूर्ण राजनैतिक खेलको अभ्यासमा व्यस्त छन् । भविश्यका कर्णधारका नरम र कलिला बालमानसिकतामा जवरजस्ती नकरात्मक प्रभावहरु थोपरिदिने अनुचित शिक्षा राजनीतिले दिइरहेको हुन्छ ।

समाजका टाठावाठाको भूलभुलैयामा शिक्षालयहरु चल्दैछन् । देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले राजनीतिकर्मीलाई एक कुशल, सभ्य जिम्मेवार तथा ठूलो मान्छे भन्दा पनि असल नागरिक बन्नेतर्फ प्रेरित गर्नेखालको शिक्षा प्रणाली समेत खट्किएको छ । हरेक प्रशासनिक निकायमा राजनीतिक गिद्धेदृष्टि राख्ने, अनियमितताको चाङ देख्नुपर्ने, असमझदारीको दुरी तन्काउने मान्छेहरु त्यो ओहोदामा हावी भएको बग्रेल्ती उदाहरणहरु छन । शिक्षित र चेतनशिल नागरिकमा राजनीतिक चेतना पनि उच्च हुनु स्वाभाविकै हो । तर राजनीतिलाई समुह वा व्यक्ति स्वार्थसँग टाँसेर तमाम वालवालिकाको भविश्य प्रति उदासिन बन्ने शैक्षिक व्यत्तित्वहरुको राजनीति, लाजको भारी भन्दा केही होईन ।

शिक्षण पेशालाई चरित्रवान बनाउन नसक्नुमा अरु कुनै कारण छैन । निष्ठा, प्रतिष्ठा, उत्तरदायित्व, जवाफदेहिता र नैतिक जिम्मेवारीमा बदलिएको नीच आचरणको प्रभाव पनि हो । शिक्षक पेशागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मुल्याँकन गरिने परिपाटिले, व्यवस्थापन समिति आपूm अनुकुलको रोज्छ, खोज्छ । नीजि स्वार्थका कुरा छाडौं । विद्यालय वर्षको घटीमा २२० दिन खुल्नुपर्ने प्रावधान भएपनि ९० दिन पढाइ भएमा ठूलो उपलब्धि भएको ठान्नु परेको अवस्था छ ।

राज्यले व्यवहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन नगर्नु । राज्य शत्ताको आडमा विधि, नीति र नियममाथि ठाडो नियन्त्रण गरिनु । राजनीतिकर्मी आफ््नो अधिकार र कर्तव्यको अज्ञानतामा बस्नु । शिक्षामा राजनीति गर्ने होइन सब्बैले भन्ने तर राजनीति गर्नपनि नछाड्ने प्रवृत्ति बढ्नु स्वभायमान होईन । जानी–जानी शिक्षालयमा राजनीति गरेर शैक्षिक वातावरण खलबल पार्नेे कुत्सित नियत भएका जो कोहीलाई आन नैतिक आचरण र अनुशासनको दायरा अत्तो पत्तो छैन ।

लामो समय यता शैक्षिक संस्थाहरु सञ्चालनमा नआएको समय, लाखौं वालवालिकाको सिकाई, पढाई र ज्ञान टुटिसकेको अवस्थामा कुनैपनि सरकारी विद्यालयले उनीहरुको भविश्य प्रति खास योजना बनाएको पाइएन । बरु खातामा तलव आयो आएन महिना गनेको देखियो । राज्यकोषको सदुपयोग भयो भएन, त्यो नियमनकारीले जानोस् बुझोस् तर के मानेमा कोषको खर्च गरियो भन्नेमा र उपलब्धीहिन क्रियाकलापले कुन बाटो देखायो भन्नेमा आम नागरिकको राम्ररी ध्यान पुगेको भने हुनुपर्दछ । कतिपय रचनात्मक क्रियाकलापमा संलग्न शिक्षक, सम्बन्धित विद्यालय र विद्यालय व्यवस्थापनको सकरात्मक क्रियाकलाप पनि यो समयमा नदेखिएको होईन् । टोलटोलमा विद्यार्थी पढाएका छन् । घर, समुदायमा पुगेर निर्देशन गरेका छन् । नयाँ ढंगले बैकल्पिक सिकाईविधिको प्रयोगबाट समाजको नजरमा हाइहाई भएका छन् । समाज यही हो जहाँ कतिपयले पेशगत मर्यादा, जिम्मेवारी र लोकको लाजसमेत नभनेर राज्यकोषबाट तलव लिएकापनि छन् । यसले शिक्षालयहरु कस्को हातमा छन र कसरी सञ्चालित छन् । समाज कतातिर छ, कस्ले सञ्चालन गरिरहेको छ भन्ने प्रष्ट हुन्छ । राज्य सन्तुलनका हिसावले समेत बिना कर्म र बिना कार्य भएको खर्च र त्यसको प्रयोजनले पेशागत सुरक्षा, व्यक्तिगत अधिकार र नीजी जीवन साकार बनायने होला तर सामाजिक उत्तरदायित्व र नैतिक बोध भने नगराएको स्वीकार गर्नसक्नु पर्दथ्यो । अझैपनि शिक्षलयहरु नखुल्ने अवस्थामा सिर्जनशीलताका साथ आफ्नो दायित्वबोध नभएको भेटिएमा हाम्रो सामाजिक र नैतिक मुल्य कतिकमजोर भएछ भनेर जान्नु बुझ्नु असजिलो हुनेछैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *