ढोरपाटन जनैपूर्णिमा मेला नहुने

आदर्श अनलाइन, बागलुङ
पश्चिम बागलुङको एतिहाँसिक धार्मिक तथा पर्यटकिय स्थल ढोरपाटनमा यस वर्षको जनैपूर्णिमा मेला नहुने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले ठूला मेला, महोत्सव र नगर्न निर्देशन दिए अनुरुप पूर्णिमा मेला रोकिएको हो ।

ढोरपाटनमा रहेको ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौँ पशु बली दिने तथा मेला लाग्दै आएको थियो ।

कारोना भाइरस संक्रमणको जोखिम र सरकाराको निदेर्शनलाई पालान गर्दै मेला स्थगित गरिएको वडा अध्यक्ष हरी बहादुर घर्ती मगरले बताउनुभयो ।

ढोरपाटनमा केही समय पहिलासम्म जनैपूर्णिमामा मात्रै मेला लाग्ने र पशु बली दिने गरिन्थ्यो पछिल्लो समय आएर वर्षातको समयमा टाढा–टाढाबाट आउने भक्तजन्न र दर्शनार्थीहरुलाई निकै समस्या परेपछि बैशाखे पूर्णीमामा पनि पूजा हुने र पशु बली दिन थालिएको थियो ।

कोरोना संकटले गर्दा बैशाखे पूर्णिमा मेला पनि स्थगित गरिएको थियो । पुर्णिमाको मेला भर्न र भाकलको बली चढाउको लागि बागलुङको विभिन्न स्थानसहित गुल्मी, प्युठान, अर्घाखाँची, रुकुम, रोल्पा लगायत जिल्लाबाट दर्शनार्थीहरुको आउने गर्दछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *