विश्वव्यापीकरण : परनिर्भरताको भुमरीमा फसेको समाज

सरोजराज पन्त

विश्वव्यापीकरण मानव, वस्तु, सेवाहरू, पूँजी, प्रविधि, साँस्कृतिक, विश्वभरिका विभिन्न क्षेत्र, जनसंख्या, कम्पनी र विश्वव्यापी सरकारहरू बीचको अन्तरक्रिया अन्र्तराष्ट्रिय व्यापार, विचार, सँस्कृतिको एकीकरणको प्रक्रिया हो । विश्वव्यापीकरण प्रक्रिया जसद्वारा व्यक्ति र सामानहरू सजिलै सीमानाहरू, बजार, एकीकरण र देशहरू बीच उत्पादन र सेवाहरूको प्रवाह हो ।

अहिलेको सांस्कृतिक अभ्यास विश्वब्यापीकरणको एक पक्ष हो । विश्वभर सँस्कृति, विचारधारा र जीवनशैलीको प्रसार बुझ्न, साँस्कृतिक साम्राज्यवाद र साँस्कृतिक विकास, साँस्कृतिक साम्राज्यवाद र अन्य सँस्कृतिहरुको प्रतिस्थापन, पश्चिमी सँस्कृतिको प्रभाव, वस्तु, विज्ञापन र मिडियाको प्रवाहले अर्थ निर्माण र पहिचानको गठनको लागि नयाँ आधार स्थापित गरेको छ ।

सँस्कृतिमा विश्वव्यापीकरणको प्रभावलाई स्थानीय स्तरमा हाइब्रिड सँस्कृतिहरूको विकासको रूपमा बुझ्न सकिन्छ । किनकी विदेशी सँस्कृतिहरू स्थानीय माटोमा पुग्छ, जस्तै फ्यूजन भोजन वा संगीतको सिर्जना, सांस्कृतिक उत्पादनहरू, व्यवहारको ढाँचा, संकेत, विधि, विश्वासहरु, सामाजिक मिडिया, माइग्रेसन, जीवनशैलीमा विश्वब्यापीकरणको सकारात्मक र नकरात्मक नतिजा देखिएका छन् । भूमण्डलीकरणको कारण समाजमा आर्थिक, साँस्कृतिक र राजनीतिक क्षेत्रमा परिवर्तन देखिएको छ । खुला व्यापार र सूचना तथा सञ्चार प्रविधिको प्रसारले आर्थिक अवसरहरूको विस्तार गरेको छ । बैंकिङ, बजार, र वैदेशिक रोजगार क्षेत्रमा माग बढ्दो छ । पेशा, व्यवसायमा समुदायलाई सजिलो बनाउन र क्षितिज फराकिलो गर्ने काम गरिरहेको छ । आर्थिक अवसरहरू,पैसा कमाउन, सशक्तिकरण गर्न, श्रम बजारमा प्रवाह, सामाजिक क्रियाकलाप र राजनीतिमा प्रर्याप्त सहभागितामा परिवर्तन आएको छ । घरेलु क्षेत्रबाट बजार अर्थतन्त्र सर्दै आएको छ । निर्वाह उत्पादन र घरेलु काम सीमित भएको छ । दैनिक जीवनमा स्थिति र ढाँचा परिवर्तनकोसगैँ परम्परागत चाडहरू र चाडहरू मनाउने तरिका पनि परिवर्तन हुँदैछ । हाम्रा पुर्वजहरुले घरमा आफैले फलाउने तरकारी, मेथी, ज्वानो, जिरा, लसुन, बेसार, कागती, खुर्सानी आदि बहुमुल्य रोग प्रतिरोधात्मक क्षमता बढाउने मसलाको नियमित रुपमा प्रयोग गर्ने एन्टिबायोटिक तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने ,स्वच्छ ,दिर्घायु र शक्ति प्राप्त गर्न प्राकृतिक औषधिहरुमा पनि आधुनिकताको प्रभाव पर्दै गएको छ ।

भूमण्डलीकरणले श्रीमती र श्रीमान् दुबैले समान रुपमा काम गर्नुपर्दछ । महिलाहरू पनि आय आर्जनमा सरिक हुनु पर्दछ । घर–परिवारमा घरेलु आम्दानीको उपयोगमा सक्रिय निर्णय, महिला सशक्तिकरण, समुदायमा घरेलु हिंसा, मदिरापान र दुब्र्यवहार जस्ता खराब व्यवहार र अन्याय विरुद्ध लड्न, महिला आन्दोलन गर्न, महिलाहरू प्रति खराब साँस्कृतिक प्रचलनहरू समाप्त गर्न, विधवा, केटी र महिला बेचबिखन, छाउपडी प्रथा, देउकी प्रथा, वर्गीय, महिला प्रति नकारात्मक दृष्टिकोणको अन्त्यको काम गरेको छ । भूमण्डलीकरणले रोजगारीको आयाम बढेको छ र मानिसहरुलाई सशक्त बनाएको छ । रोजगारी र आम्दानीसँग जोडिएको छ, जुन गरिबी र निरक्षरताको बिरूद्ध लड्ने र रोजगारीमा सशक्त बनाएको छ । गरिबी, शोषण र उत्पीडनको अन्त्य गर्ने सूचना र सञ्चार प्रविधिले रोजगारीका अवसरहरू सृजना गरेको छ । गैरसरकारी संस्थाहरूले खेतीपाती, वातावरणीय संरक्षण, स्वास्थ्य सेवा, घरेलु मुद्दाहरू, रोजगारीको अवस्था र दैनिक जीवनमा आर्थिक तनाव घटाउन आयआर्जनको आजिविका सहितको आवश्यकता पूरा गर्नका लागि आत्मनिर्भर, सशक्त र स्वतन्त्र भइरहेको छ ।

परम्परागत ज्ञान, सीप, विधि, प्रकिया र प्रविधिहरु,मानव सभ्यताको बिकास सँगै विज्ञान र प्रविधिले विकासको फड्को मार्दै आउँदा हाम्रा प्राचिन रीतिरिवाज, परम्परा, मुल्य मान्यता, दर्शन आदि लामो समयसम्म चलिरहनुले यसमा रहेका वैज्ञानिक तध्यहरुको इतिहास, पहिचान र मौलिकता अहिले थप अनुसन्धानका विषय बनेका छन् । यद्यपी, हामीले मनाउने चाडपर्वहरु तीज देखि क्रिश्चियन भ्यालेन्टाइन दिवस आदिमा आधुनिकताको आगमन भएको छ । तीज विवाहित महिलाहरुद्वारा पतिको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै, अविवाहित केटीहरुद्वारा राम्रो भावी पतिको चाहना गरी उपवास बस्ने मात्र नभई फेशन शो र क्रिस्चियन भ्यालेन्टाइन दिवस पे्रमलिला देखाउन स्थानीयकरण भएको छ । प्रणय दिवसमा स्कूल र कलेज विद्यार्थीहरू, आधुनिक गीतकार र सेलिब्रेटीहरु,अविवाहित युवायुवति देखि दम्पतीसम्म, केटी र केटा बीचको प्रेम सम्बन्ध, अन्तरजातीय विवाह, ‘सँगै बस्ने’ सँस्कृति पश्चिमी जीवनशैली, अन्तरजातीय विवाह आदिलाई लिन सकिन्छ । यसबाहेक, ‘सँगै बस्ने’ सँस्कृति एक पश्चिमी जीवनशैली पनि नेपाली समाजमा बढ्दै गएको छ । विवाह नगरी धेरै संख्यामासँगै बस्दै आएको र त्यस्ता जोडीहरूले आफ्ना बाबुआमालाई नबताउने र आफू बस्ने इलाकामा आफूलाई विवाहित जोडीको रूपमा प्रस्तुत गर्ने प्रवृति छ ।

जीवनको बढ्दो लागत, सेवाहरूको निजीकरण, जीवनको गुणस्तर र उपभोक्तावाद आदिका कारणले शहरी जोडीहरूलाई बढी पैसा कमाउन बाध्य पार्ने अवस्था सिर्जना गरेको छ । अर्थव्यवस्थामा मानिसहरूको बढी क्यारियर उन्मुख अवसरहरूको कारण घरपरिवारको अर्थ प्रबन्ध गर्न कमाउन बाध्यता थपिएको छ । आर्थिक अवसर र सूचनामा बढी पहुँच पु¥याएको परिवर्तनले मुल्य, मान्यतामा असर गरिरहेको छ । रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको छ । मिडिया र टेक्नोलोजीको विकासले आत्म अभिव्यक्ति र सञ्चारका अवसरहरु प्रदान गरेको छ । नयाँ सामाजिक नेटवर्किंग साइटहरूले अधिकांश बालबालिका,कलेज केटा केटीहरू देखि बृद्धबृदासम्म फेसबुकमा अपलोड गरिएका सामग्रीहरु,तस्वीरमा मनपराउने, टिप्पणीहरू गर्न मनपराउने र टिप्पणीहरू गणना गरेर व्यक्तिको लेखाजोखा गर्न लालाहित भएको पाइन्छ ।

आधुनिकताका नाममा फेसबूक र ट्विटर जस्ता सोसल नेटमा सक्रिय भई अपलोड गर्ने, फेसबुकमा आधुनिक तस्वीर अपलोड गरे केटाकेटीले मनपराउने र सकारात्मक टिप्पणीहरू प्राप्त गर्ने, फेसबुक सबैभन्दा प्रभावकारी सामाजिक मिडिया भएको छ ।

आज सूचना तथा सञ्चार प्रविधिले आमुल परिवर्तन ल्याए पनि यसले सामाजिक सम्बन्धसगै पारिवारिक एकता भङ्क गरेकोमात्र छैन नाता, कुटुम्व आफन्तजन बीचको आपसी सौहार्दता समेत घटाएको छ । सूचना प्रविधि र सामाजिक सन्जालको फोबियाको कारण ग्रामीण क्षेत्रमा कटुवाल प्रथा, झ्याली पिट्ने प्रथा अन्त्य भइ जिविकोपार्जनमा जटिलताहरु थपिएका छन् ।

सबै सूचना तथा सञ्चार प्रविधिमा रमाएर बस्ने प्रचलनले दुःख सुखका कुरा गर्न नपाएको, बालबालिका मोवाइल, ल्यापटप, ट्ब्यालेट, आइफोन लगायतका सूचना तथा सञ्चार प्रविधिका साधनमा व्यस्त हुने र गेम खेल्ने, भिडियो हेर्न, फेसबुक चलाउने क्रमशः पोर्न भिडियो र फिल्म तिर आकर्षित हुँदा मनोवैज्ञानिक प्रभाव परेको छ । यसैगरी आँखा कमजोर हुने, मतिष्कमा प्रभाव पर्ने, अनिद्रा बढने, पानीको मात्र शरीरमा कम भएर कब्जियतको समस्या बढेको छ । सूचना, प्रविधि र सामाजिक सञ्जालको फोबियाले गर्दा सडक दुर्घटना बढेका, तरकारी खाना डढेका, आगलागीका घटना बढेका, यौन, दुराचार, बलात्कार बढेका, उत्पादनशील समय बर्बाद भएको, बालबालिकाले पढ्न मन ंनगरेको अबस्था छ । फेसबुक लभले समाजिक असन्तुलन, बहुबिवाह, खुला वजारिकरणसँगै चोरी, डकैती, लागुऔषधको सेवन र ओसारपसार बढ्दै गएको छ । यसैगरी सामाजिक मेलमिलाप, आपसी सहकार्यमा असमानता थपिएको छ । बालक, युवायुवतीमा एकोहोरोपन बढेको, खुला यौन क्रियाकलापलाई प्रश्रय दिएको, गाउँ सहरमा अराजकता निम्ताउन प्रत्यक्ष एवम् अप्रत्क्ष प्रभाव परेको छ । आज सूचना प्रविधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएकोले मौलिकपन, स्थानीय सेवा वस्तु आदिलाई प्रतिस्थापना गरी खर्चिलो, सेखी भोगी, त्यागी र हद बन्ने वातावरण सृजना गरेको छ । पश्चिमा सँस्कृति, धर्म र उत्पादनको आयातसँगै परनिर्भरता, सामाजिक असन्तुलन बढ्दै गई अस्वस्थ प्रतिस्पर्धाले जरो गाडेको छ । यसको प्रभाव स्वरुप गाउँका मानिस सहरमा बस्ने, गाउँमा बुढाबुढी काम गर्न नसक्ने मानिस मात्र बस्दा जिउँदामा जन्ती मर्दाको मलामी पनि खेताला खोज्न पर्ने अवस्था छ । गाउँदेखि सहर सम्म उपभोक्तावादी सोचको विकास भएको छ । युवा युवतीमा मेरी मेरालाई साइड हानिस भनेर ग्याङ्ग फाइट हुने, डेटिङ्गको नाममा चरित्र हत्या गर्ने, आत्महत्या गर्ने, शङ्काको उपशङ्काको कारण विवाह पछि सम्बन्ध विछोड हुने समस्याहरु बढ्दै गएका छन् ।

विश्वव्यापीकरणका कारण नेपालीहरूको स्थानीय भाषा, जीवनशैली,सामाजिक र साँस्कृतिक अभ्यासहरू समाप्त भइसकेका छन् । सामाजिक मान्यता र मूल्यहरु, हाम्रा पहिचान , संस्कृति , जीवनशैली, भाषा, लिपी, साहित्य, संस्कृति र धर्म, रीतिरिवाज, परम्परामा परिवर्तन भएका छन् । सामाजिक नेटवर्किङ साइटहरू र खुला मिडियाले उपभोक्तावाद बढाएको छ । यसले अधिक पैसा कमाउन अग्रसरमात्र नभई जोखिमपूर्ण रोजगार र जोखिम माइग्रेसन र परनिर्भरता बढाएको छ । यसका साथसाथै रोजगारको मर्यादा र सुरक्षा, पारिवारिक एकांकिपन, चिन्ता, सम्बन्ध विच्छेद,पारिवारिक बिछोड, माइग्रेसन, मनोवैज्ञानिक असर, केटीको तस्करी, वेश्यावृत्ति, घरेलु हिंसा, बलात्कारको घटना र यौन दुव्र्यवहारको बढ्दो छ । सेक्ससँग सम्बन्धित कार्य, आत्महत्या र हिंसाको मामलाहरु बढ्दै गएका छन् । विश्वव्यापी उपभोक्तावादी सँस्कृतिले रेमिट्यान्स उपभोगका सामग्रीमा प्रयोग हुने गरेको छ । आप्रवासनको मनोवैज्ञानिक चिन्ता र सामाजिक प्रभावहरू थपिदै गएका छन् ।

अहिले नेपाली भाषा भन्दा अंगे्रजी भाषा बढी प्रयोग हुँदै आएको छ । वर्तमान समयमा सरलता, सहजताका लागि आगन्तुक शब्द प्रयोग गरिएको छ । यसको प्रभाव दीर्घकाल सम्म पर्दै जाँदा नेपाली शब्दकोष आफ्ना रैथाने शब्दहरुले भन्दा आगन्तुक शब्दहरुले भरिने छन् र कुनै समय भाषा बचाउ आन्दोलन गर्न विवश हुनुपर्ने छ, तर त्यतिबेला ढिला भैसक्नेछ । त्यो पश्चाताप र ज्या सँस्कृति मात्र हुने छ ।

अहिले गाईको गहुँत, गाई,भैसीको दुध, दही, मही, घ्यु खान भुलेको अबस्था छ । दुध, दही, मही, घिउको प्रयोग भन्दा तत्काल प्रतिक्रिया दिने पेय पर्दाथले मानिसलाई उतैतर्फ तान्दै गएका छन् । बजारमा पाइने फेन्टा, काकोकोला लगायतका चिसो पेय पदार्थहरु र रक्सीका आइटमल, चाउचाउ, बिस्कुट, कुरकुुुरे, लेज, पाउरोटी, केक, कुकिज, पानीपुरी, दहीपुरी, ट्याङ्ग, चटपट, आइसक्रिम, माडाहरु साथै होटेल रेष्टुरामा बन्ने खाद्मय सामग्री चाउमिन, मःमः, छोइला, कचिला, थुप्पा, पिजा, जेरी, रसबरी, समोसा आदि सबैको रोजाइमा पर्ने गरेको छ । बालबालिकामा फाइबर प्राप्त हुने तरकारी, हरिया सागपात, फलफूल खाने बानी क्रमशः घट्दो छ । घरमै बनाउन सकिने रासायनिक पदार्थ रहित खाद्यवस्तुहरु जस्तैः मक,ै भट्ट, खट्टे, पुवा, सातु, रोटी, चना, केराउ, भुजा, चिउरा, लिटो आदिमा कम ध्यान जाने गरेको छ ।

किसानहरुलाई रासायनिक मल,बिषादिको प्रयोग बढी रहेको छ भने जैविकमल,कम्पोष्टमलको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने र कार्यान्वयन तर्फ सजग बनाउने र आर्थिक समस्याबाट मुक्त गराउन, रासायनिक पर्दाथको सट्टा कृषिमा गहुँतको प्रयोग गर्ने, साबुनको फिजको प्रयोग गर्ने, बनमाराको रस प्रयोग गर्ने तर्फ किसानलाई सचेत बनाउने नसकेको अबस्था छ ।

परनिर्भरता सिद्धान्तले गरिब र अविकसित राष्ट्रहरू “परिधि“ बाट धनी राज्यहरूको ‘कोर’ सम्म बग्दछन् र गरिब राष्ट्रहरू क्रमशः समृद्ध बन्दछन् भनेता पनि यसले असमानता, अन्यायपूर्ण भएको अल्पविकास र मुख्य विश्वको अर्थतन्त्रमा प्रभाव पारेको छ । निर्भरता सिद्धान्तको केन्द्रबिन्दु भनेको तेस्रो विश्वका देशहरूमा सामाजिक घटनाको प्रकृति,अर्थमा, निर्भरता शक्ति सम्बन्धलाई हेर्नु रहेको छ । उपनिवेशवादको परिणाम रूपमा निर्भरता केन्द्रित छ । कच्चा मालको आपूर्तिकर्ताको रूपमा तिनीहरूको भूमिका छ । सस्तो श्रम र औद्योगिक देशहरूबाट महँगो उत्पादन हुने सामानहरूको बजारिकरण, विकसित र विकासशील देशहरू बीच असमान विनिमय, कमजोर आर्थिक बृद्धि भएको रूपमा हेरिएको छ ।

गरिबी भनेको भौगोलिक रुपमा पिछडिएका,सेवा सुविधाबाट बञ्चित र आधारभूत सेवासम्म पहुँच पुग्न नसकेका, आम्दानी अर्थात आय आर्जन गर्न नसकेको अवस्था हो । यसैगरी शरीरलाई आवश्यक पर्ने क्यालोरी प्राप्त गर्न नसक्ने अवस्था मानव जिवनका अत्यन्त महवपूर्ण आवश्यक वस्तु गाँस,वास,कपास मध्ये कुनै वा सबै प्राप्त गर्न सक्ने अवस्था नहुनु, समानता र पहुँचबाट टाढा रहन बिवश हुने अवस्था गरिबी हो । युएनका अनुसार घरभित्रको सरसफाई नभएको, दैनिक सय डलर भन्दा कम कमाउने मानिसलाई गरिव भनी परिभाषित गरेको छ । यस्तै प्रतिव्यक्ति आम्दानी,सामाजिक वञ्चितिकरण,मानवीय सेवामा पहुँचको आधारमा गरिवीको मापन गर्ने गरिएको छ । नेपालमा अहिले ४३% मानिसहरु वेरोजगार छन् । २५% मानिसहरु गरिवीको रेखामुनी छन् भने ६४ % मानिसहरु कृषिमा आश्रित रहेका छन् । गरिवीका कारण ४० लाख भन्दा बढी मानिसहरु वैदेशिक रोजगारमा आश्रित छन् । ९३% आयात र ०७% निर्यातले गरीवीको चक्र थप कष्टकर बनेको छ । वैदेशिक लगानी भित्राउने निउमा दातृ निकाय केद्रित विकासको चङगोलमा समाज र राष्ट्र फसेको छ ।

नेपालमा गरिवीका प्रमुख कारणहरुमा न्युन आर्थिक वृद्धिदर, पूर्वाधार विकासको कमि, कृषि क्षेत्रको उत्पादन कमि हुनु, रोजगारी प्राप्त नहुनु, गैर कृषि क्षेत्रमा कम अवसर हुनु, परम्परागत कृषि प्रणाली, परनिर्भरता बढ्नु, सामाजिक विभेद, बढ्दो परसँस्कृतिकरण, प्राकृतिक विपत्ति जस्तै भूकम्प, बाढी पहिरो, हावाहुरी चट्याङले पार्ने समस्या, कमजोर सुशासन, राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, कमजोर प्रशासनिक संयन्त्र, असक्षम बजार संयन्त्र, भौगोलिक जटिलता, राजनीतिक इच्छा शक्ति र दुरदर्शिताको अभाव, अपारदर्शिता, वौद्धिक पलायन,दाता केन्द्रीत विकास प्रणाली र दुरुपयोग, स्थानीय स्रोत साधन र शक्तिको प्रयोग कम हुनु, ग्रामीण र गरिव जनताका लागि कम लगानी हुनु, औद्योगिक विकास नहुनु, पढेका मानिस कृषि क्षेत्रमा नलाग्नु, नयाँ रोजगारीका क्षेत्रहरु पहिचान गर्न नसक्नु, जनकेन्द्रित विकास नहुनु, वर्गिय विभेद र पुरातन सोच हावी हुनु, उर्जा संकट, विकासमा प्राथमिकिकरणको अभाव, तत्काल प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी नगर्नु, सशक्तिकरण कार्यक्रमलाई बेवास्ता गरिनु, आत्मविश्वासको कमि, उत्पादनका साधनमा पहुँच कम हुनु, स्थानीय सीप, पूँजी र प्रविधिको प्रयोग नगरिनु, गरिवको शिक्षा, स्वास्थ्य, रोजगारमा पहुँच नपुग्नु आदि रहेका छन् ।

नयाँ सामाजिक कल्पना र सांस्कृतिक, आर्थिक विश्वव्यापीकरण, कर्पोरेसन वा गैरसरकारी संस्थाहरू, ट्रेड प्रणालीको विकास, वित्तीय विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय आदान प्रदान र मौद्रिक विनिमयको साथै वित्तीय प्रणालीको उदय र उत्पादन विधिहरू सुधार गर्न समय सापेक्ष रुपमा सुधारको आवश्यक छ ।

गरिव हुनु भनेको पैसा नहुनु मात्र नभई पहिचान विहिन, शक्तिहिन, आवाजहिन हुनु हो । त्यसले राज्यले आवाज विहिनको आवाज, पहिचान विहिनको लागि पहिचान उठाउन परनिर्भरताको अन्त्य गर्न सक्ने शिक्षा, शक्तिविहिनलाई अधिकार, पहुँच विहिनलाई जग्गा जमिन, सीप क्षमता विकास,पूर्वाधार, छुट्टै वैंकिङ सुविधा, सन्तुलित विकास,जीवन उपयोगी कार्यक्रम,उच्च मनोवल वनाउन उत्प्रेरणा कार्यक्रम, बचत गर्ने वानीको विकास गराउन अत्यन्त जरुरी छ ।

यो पनि पढ्नुहोस्

विश्वव्यापीकरण : परनिर्भरताको भुमरीमा फसेको समाज

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *