अब धौलागिरी अस्पतालमा लिफ्ट

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङमा लिफ्ट निर्माण गरिएको छ ।

अस्पतालको भौतिक पूर्वाधार र अन्य सेवा विस्तार भएसँगै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले लिफ्ट निर्माण गरिएको हो । अस्पतालको ‘बी’ ब्लकमा लिफ्ट निर्माण भइरहेको अस्पतालले जनाएको छ । यससँगै लिफ्ट नहुँदा सिढी चढेर माथिल्लो तलामा पुग्नुपर्ने बिरामीको समस्या र सकसको बाध्यता अन्त्य हुनेछ ।

लिफ्ट निर्माणका लागि गण्डकी प्रदेश सरकार समाजिक विकास मन्त्रालयले ४१ लाख २४ हजार ५ सय रुपैयाँ बिनियोजन गरेको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
केही समय अगाडी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आउँदा अस्पतालको सेवा गुणस्तर र भौतिक संरचनाको स्तरोन्नति गर्ने उद्घोष गर्नुभएको थियो ।

भवनको निर्माण गर्दा लिफ्ट राख्ने गरि डिजाइन नभए पनि पछि सबै तिरबाट लिफ्टको माग आएपछि जडान गर्न थालिएको सूचना अधिकारी गौतमको भनाई छ । ‘अस्पातललाई सेवाग्राहीमैत्री बनाउनको लागि सबै तिरबाट सुझाव आएको छ, सबैको सल्लाह र अस्पतालको स्तर वृद्धि गर्ने नीति बमोजिम लिफ्ट जडानको काम भएको छ,’ गौतमले भन्नुभयो ‘यो सम्पन्न भए अपांगता भएका बिरामी सहित सबै खालका बिरामीलाई सहज हुनेछ ।’ ४१ लाखमा निर्माण गर्ने गरि सयपत्री सोलुशन प्रालिले जिम्मा लिएको छ । निर्माण कम्पनीले साउन १५ सम्म काम सक्ने सूचना अधिकारी गौतमको भनाई छ ।

गत वर्ष नै लिफ्ट निर्माण गरि सक्ने भनिए पनि लकडाउनका कारण सम्पन्न गर्ने नसकेको अस्पताल विकास समितिका अध्यक्ष केबी रानाले बताउनुभयो । ‘अघिल्लो वर्ष नै यो काम सक्ने योजना थियो, कोभिडका कारण प्रभावित बन्यो, केही दिनदेखि निरन्तर काम भइरहेको छ,’ अध्यक्ष रानाले भन्नुभयो ‘अस्पतालमा आउने वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका सबै बिरामीलाई सहज हुनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *