पहिरोमा पुरिएका ट्रिपर चालक अझै फेला परेनन्

आदर्श अनलाइन, बागलुङ
गत शनिनबार बागलुङ नगरपालिका वडा नम्बर १ निरयघाट स्थित सामुदायीक वन क्षेत्रमा भीषण पहिरोमा पुरिएका एक जनाको शव अझै फेला परेको छैन ।

पहिरोमा एक ट्रिपर, डोजर र ट्याक्टरसहित दुई चालक समेत पुरिएका थियो । पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर चालक बानपा ५ मालिकाका धनबहादुर किसान आइतबार विहान मृत अवस्थामा फेला परे पनि ध १ ख ४६३७ नम्बरका ट्रिपर चालक नेत्रबहादुर पुनको अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले बताउनुभयो ।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य जारी रहेको उहाँको भनाई छ ।
स्काभेटरका चालक सिन्धुपाल्चोक घर भई बानपा १ रामरेखा बस्ने राजु माझी भने राति नै सम्पर्कमा आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *