वर्षासँगै विपद : यस्तो छ स्थानीय तहको तयारी

अहिले दैनिकजसो वर्षासँग ठाउँ–ठाउँमा विपतिका घटना भइरहेका समाचार छन् । बागलुङ जिल्लामा पनि केही दुखद घटनाहरु क्रमशः बढ्न थालेका छन् । मौसम बिज्ञान विभागले अझै चार पाँच दिन निरन्तर वर्षा हुने जनाइरहेको छ । यसबीच विपद व्यवस्थापनमा जिल्लाका स्थानीय तहको तयारी कस्तो छ ? आदर्शकर्मी साधना पन्तले केही स्थानीय तहका प्रमुखहरुसँग टेलिफोन संवाद गरेर स्थानीय तहको विपत पूर्व,विपदका अवधि र त्यसपछिको उद्धार, राहत लगायतका बिषयमा बुझ्ने प्रयास गर्ने भएका छौ । प्रस्तुत छ कुराकानीको सम्पादित अशं :

जनकराज पौडेल
नगर प्रमुख
बागलुङ नगरपालिका

बागलुङ नगरपालिका बिपद व्यवस्थापन गर्नका लागि तयारी अवस्थामा छ । लामो समय देखि लगातार वर्षा भईराखेको छ । खोला नाला बढेका छन् । बाढी पहिरो ठाउँ ठाउँमा आएको छ । सडक अवरुद्व भएका छन् । घर भत्किएर मानिसहरु बिस्थापित भएका छन् । जनधनको क्षति भएको छ । यि विषयमा बागलुङ नगरपालिकाले बिपद् व्यवस्थापन गर्नका लागि समिति बनाएको छ । र यो समिति सक्रिय रुपमा अहिले काम गरेको छ । पहिरोमा परेका मानिहरुलाई उद्वार गर्दै आएको छ ।

हामीहरुले बिपद् आउनु भन्दा पूर्व तयारी गरेका छौ । विपद भइसके पछि राहत र उद्वारको लागी निरन्तर लागेका छौ । हामीहरुले केही स्रोतको व्यवस्था पनि गरेका छौ । हामीहरुले नगरपालिकामा बैठक बसेर बाढी पहिरो आउन साथ नगरपालिकामै आउन नपरोस् भनेर हामीहरुले वडा स्तरबाटै उहाँहरुको समस्या पहिचान गरेर काम अगाडी बढाउने निर्णय गरेका छौ । वडालाई पूर्ण रुपमा घरको क्षती भएको, बसोबास गर्न नमिल्ने अवस्थाका मानिसहरुलाई फिल्डमै १० हजार सम्मको राहत उपलब्ध गराउने र थप राहतका निम्ती नगरपालिकामा प्रकृया पूरा गरेर राहतको लागी कुरा राख्ने भनिएको छ । तत्कालै घरलाई पानीबाट बचाउनका लागी टिन, पाल, प्लाष्टिकको व्यवस्था गर्नका लागी हामीहरुले व्यवस्थापन मिलाएका छौ ।

अहिले नगरपालिका भित्र धेरै बाढी पहिरोको घटना अगाडी आएको पनि छन् । म स्वयम् गएर के कस्तो अवस्था छ । के गर्ने भनेर छलफल गर्ने पनि गरेको छु । हामीहरुले नगरमा आएका समस्यालाई समाधान गर्नका निम्ती निरन्तर कामहरु गरेका छौ । यो बर्खाको समय पनि भएर होला पानी निरन्तर परेको छ । यस्ता खालका समस्याको समाधान गर्न नगरपालिका तयारी अवस्थामा रहेको छ । बागलुङ नगरपालिकाले बिपद् व्यवस्थापन कोषमा झण्डै डेढ करोड भन्दा बढि रकम राखेका छौ ।

इन्द्रराज पौडेल
नगर प्रमुख
जैमिनी नगरपालिकाका

वर्षातको समय छ । निरन्तर पानी परिरहेकाले बाढी पहिरोको जाखिम बढेको छ । प्रकोप रोकथामका लागी जैमिनी नगरपालिका तयारी अवस्थामा बसेको छ । बाढी पहिरो प्राकृतिक प्रकोप भएका कारणले यसलाई रोक्नका लागी धेरै चुनौतीहरु आउँछन् । यस चूनौतीलाई सामना गर्नका लागि जैमिनी नगरपालिकाले बिपद व्यवस्थापन समितिलाई तयार पारेको छ । र सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु उद्वार गर्नुभएको छ । हामीहरुले नगरमा कही कतै पहिरो गएको सुचना प्रप्त भयो भने विपद व्यवस्थापन समितिका साथीहरु तुरुन्तै त्यस स्थानमा पुग्ने र उद्धार काममा जुट्ने गरेका छौ । पहिरोमा परेर विस्थापित भएका परिवारलाई राहातको व्यवस्थापन गर्ने । उहाँहरुलाई बस्नको लागि व्यवस्थापन गर्ने काम भएको छ ।

अहिले सम्म जैमिनी नगरपालिकाको वडा नम्वर ९ मा एक घर बस्नैै नमिल्ने घरमा भएका खाद्य सामाग्रीहरु नष्ट भएको हुनाले नगरपालिकाले खाद्य सामाग्री, लत्ताकपडा, भाँडाकुडा व्यवस्थापान गरेका छौ । हामीहरुले नगर भित्र पहिरोको जोखिममा भएका मानिसहरुको बिवरण संकलन गरिसकेका छौ । उहाँहरु समस्यालाई समाधान गर्ने प्रयासमा जुटेका छौ । ठाउँ–ठाउँमा सडकमा पहिरोका कारण सडक अवरुद्व भएका छन् । हामीहरुले सडकबाट पहिरो पन्छाउने काम पनि गरेका छौ ।

हामीले सुरक्षाकर्मीलाई बिपद पर्दा चाहिने सामाग्री बन्दोबस्त मिलाउनका लागि पनि नगरपालिकाको तर्फबाट लगाएका छौ । नगरले बिपत व्यवस्थापन समिति बनाएको छ र अहिले सम्म यो समिति क्रियाशिल रुपमा काम गरिराखेको छ । जैमिनी नगरपालिकाले बिपद व्यवस्थापन कोष पनि खडा गरेको छ र यसमा नगरपालिकाले १५ लाख रुपैयाँ राखेको छ ।

देवकुमार नेपाली
नगर प्रमुख
ढोरपाटन नगरपालिका

निरन्तर वर्षाका करण ठाउँ–ठाउँमा पहिरो आएका कुराहरु सुन्नमा आएका छन् । तर, अहिले सम्म ढोरपाटन नगरापलिकामा त्यति ठूलो बिपत भने आइपरेको छैन । ढोरपाटन नगरपालिका बिपत व्यवस्थापनका लागि भने तयारी अवस्थामा रहेको छ । हामीहरुले पहिरोको जोखिममा रहेका मानिसहरुलाई सचेत बनाउने काम पनि गरेका छौ । बिपत व्यवस्थापन गर्नका लागि साधन स्रोतहरु पनि तयार बनाएर राखेको अवस्था छ । बाढी पहिरो रोक्न नसकिने रहेछ । प्रकृतिको विनाश गरेमा पनि बाढी पहिरोको जोखिम बढ्ने भएकाले अहिले ढोरपाटन नगरपालिकाले कसरी बाढी पहिरो न्युनिकरण गर्न सकिन्छ भनेर निरन्तर छलफल चलाई रहेका छौ ।

ढोरपाटन नगरपालिकामा अहिले सम्म विपत नआए पनि पूर्व सचेतता, तयारीमा छौ । नगरपालिकाले बिपत व्यवस्थापन गर्नका लागि ४ कडोड बजेट पनि बिनियोजन गरेका छौ ।

भरत शर्मा गैरे
नगर प्रमुख
गलकोट नगरपालिका

निरन्तर वर्षा भईराखेको छ । खोला नाला बढेका छन् । सडक अवरुद्व छन् । त्यसका लागी गल्कोट नगरपालिकाले बिपद व्यवस्थापनका लागी पूर्व तयारी गरेर सामाग्रीहरु तयारी अवस्थामा राखेको छ । नगरपालिकामा बिपद व्यवस्थापन समिति भएकाले विपदको बेला त्यही समितिले काम गरेको छ । नियतित वर्षाका करण सड्क अवरुद्ध हुन नदिनका लागी एक्साभेटरहरु तयारी अवस्थामा राखेका छौ । धेरै स्थानमा सडक अवरुद्व भएर हामीहरुले सडक खुलाउने काम गरिराखेका पनि छौ । अहिले घरहरु भत्केका छन् । हामीहरुले जोखिममा भएका घरहरुलाई जाली दिएका छौ । पाल, प्लाष्टिकले ढाक्ने काम भएको छ । नगरपालिकाले विपद व्यवस्थापनका लागी २० लाख रुपैयाँको कोष खडा गरेको छ । यो अवस्था भनेको हामीले धैर्य भएर काम गर्नुपर्ने अवस्था हो । पानी परी राखेको छ । नगरपालिकाले जोखिम भएका स्थानमा नबस्न भनेर सूचना समेत दिएका छौ । यसमा नागरिक आफै सचेत हुन पनि जरुरी छ ।

अमर थापा
अध्यक्ष
काठेखोला गाउँपालिका

काठेखोला गाउँपालिकामा अहिले सम्म ठुलो बिपत आएको छैन । तर, काठेखोला गाउँपालिका विपत व्यवस्थापनका लागि तयारी अवस्थामा बसेका छौ । काठेखोलाले बिपत व्यवस्थापन समिति बनाएको छ र बिपत व्यवस्थापनको जिम्मेवारी सवै समितिले गरिराखेको छ । सबै सामाग्रीहरु तयारी अवस्थामा छन् । तर अहिले सम्म त्यस्तो अवस्था भने आएको छैन, नआओस् पनि । आगामी दिनमा कुनै समस्या आएमा हामीहरु तयारी अवस्थामा छौ । पहिरोको जोखिममा रहेका घरको पहिचान गरेर उनीहरुलाई हामीले सुरक्षित रहनका लागी अनुरोध गरेका छौ । काठेखाला गाउँपालिकाले बिपत व्यवस्थापन गर्नका लागी २४ लाख बजेट बिनियोजन गरेको छ ।

मेहरसिंह पाइजा
बडिगाड गाउँपालिका

बडिगाड गाउँपालिका भौगोलिक हिसाबले पनि धेरै जोखिम स्थानमा रहेकाले अहिले पहिरोको उच्च जोखिममा बडिगाड गाउँपालिका रहेको छ । लामो समयदेखी लगातार वर्षा भइराखेको छ । अहिले केही गर्ने अवस्थानै छैन । हामीले पहिरोको जोखिममा परेका मानिसलाई विद्यालय, बाल शिक्षामा र जोखिममा परेका मानिसहरुको आफन्तकहाँ राखेर राहत दिएका छौ । बिपद आएको स्थानमा म आफै गएर अवलोकन गरेर कसरी समस्याको समाधान गर्ने भनेर छलफल गरेको छु ।
हामीहरुले बाढी पहिरोनै भनेर त्यस्तो योजना निर्माण गरेका छैनौ । बाढी पहिरो भनेको कहिले,कहाँ कसरी जान्छ भनेर थाहा नहुने भएकाले हामीहरुले जुन ठाउँमा पहिरो गएको छ । त्यस ठाउँमा गएर अवलोकन गरेर आवश्यक सुरक्षा सचेतता सहित उद्वार र राहत वितरण गरेका छौ । पहिरोले मानविय क्षति नहोस् भनेर सचेतना अपनाएका छौ ।

गाउँपालिकाले विपद् व्यवस्थापन समिति गठन गरेको छ । अहिले सम्म जति पनि बाढि पहिरो आएको छ । त्यसलाई व्यवस्थापन गर्ने काम समितिले गरेको छ । धेरै जोखिम भनेको सडक निर्माण गर्दा एक्साभेटर चलाएका कारण अहिले नियमित पानी परेको छ । र त्यही सडकबाट पहिरो आएको छ । विपद व्यवस्थापन गर्न धेरै असजिलो भएकाले हामीहरुले काम नियमित गरेका छौ । तर, प्रतिफल आउन समय लाग्ने भएको छ । बडिगाड गाउँपालिकाले अहिले विपद् व्यवस्थापन कोषमा ५० लाख बजेट छुट्याएका छौ ।

तारानाथ पौडेल
अध्यक्ष
निसीखोला गाउँपालिका

निसीखोला गाउँपालिकामा अहिले सम्म बिपत नपरेकाले योजना बनाइएको छैन । गाउँपालिकामा बिपत व्यवस्थापन समिति छ । अब केहि आइपरेमा त्यहि समितिले काम गर्ने हो । हामीहरुले वडालाई आफ्नो आफ्नो वडामा बाढी पहिरो आएमा उद्वार, व्यवस्थापन गर्ने जिम्मेवारी दिएका छौ । राहत तयारी अवस्थामा छन् । हाम्रोमा त्यस्तो समस्या नआए पनि समस्या परेमा काम गर्नका लागी तयारी अवस्थामा भनेका छौ । निसीखोला गाउँपालिकाले बिपत व्यवस्थापन कोषमा एक करोड भन्दा बढि रकम छुट्याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *