बैंक ह्याकिङ्ग प्रकरणमा पर्वतका एक महिला पक्राउ

पक्राउ परेका बिहादीका महिलालाई थप अनुसन्धानका लागि काठमाण्डौं लगियो
आदर्श अनलाइन/पर्वत

बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

कृषि बिकास बैंक लगायतको ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

न्यौपानेलाई केन्द्रीय अपराध अनुसन्धान बिभाग९सिआइबी०को अनुरोधमा इलाका प्रहरी कार्यालय हुवासले शुक्रबार साँझ पक्राउ गरि शनिबार काठमाण्डौ पठाएको छ । पैंयु गाउँपालिका वडा नं ४ हुवास स्थित माइती घरबाट न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बिजयकुमार सिंहले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । भट्टराईले वहाडीठाँटीमा स्टेशनरी पसल सञ्चालन गरेर व्यापार गर्दै आउनुभएको छ ।

ह्याकरको समुहले भट्टराईको कृषि बिकास बैंक हुवास शाखामा रहेको खातामा २९ लाख रुपैंया ट्रान्सफर गरेको देखिएको छ । आफन्तले बिदेशबाट पैसा मगाउनका लागि भनेर आफ्नो बैंक खाता नम्बर मागेका कारण उपलब्ध गराएको न्यौपानेले प्रारम्भिक बयानमा बताउनुभएको छ । आफन्तले मेरो खातामा पैसा आएन तपाईको खाता नम्बर दिनुस भनेर मागेपछि बैंक खाता नम्बर उपलब्ध गराएको दाबी उहाँको छ । खाता संगै दुर्इ वटा खाली चेक दिएको पनि स्विकार गरेको प्रहरीले जनाएको छ ।

बैंक ह्याकिङ्गमा संलग्न भएको आरोपमा यसअघि छिमेकी स्याङ्गजाको वालिङ्गबाट रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्रेको छ । अफ्रिकी मुलका काले भनिने पिटरको योजना अनुसार नेपालका बैंकहरुबाट ५ अर्ब लुट्ने योजना अनुसार कृषि बिकास बैंक, कैलाश बिकास बैंक लगायतका बैंक र पानस रेमिटबाट पैसा निकालिएको थियो । यो प्रकरणमा संलग्न १५ जना भन्दा बढीलाई पक्राउ गरेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *