पहिरोले ढोरपाटनको लुकुरबनका ९ परिवार विस्थापित

आदर्श अनलाइन,बागलुङ

अविरल वर्षा सँगै गएको पहिरोका कारण जिल्लाको ढोरपाटन नगरपालिका-४ खुगां लुकुरबन धिरी पाखाडेरामा गएको पहिरोका कारण ९ परिवार विस्थापित भएका छन् ।

मंगलबार साँझ पाखाडेराका बारीका गराबाट आएको पहिरोले तल्लो आरणडेराका घरमा क्षति पुर्याएपछि ९ घर विस्थापित भएका छन् ।

पहिरो गएको स्थान वरपर पुरै जमिन चर्किएकाले घर खाली गराई उनीहरुलाई नजिकका आफन्त र विद्यालय, स्वास्थ्य चौकीको भवनमा स्थानान्तरण गरिएको ४ नम्बर वडा अध्यक्ष तिलक पुनले बताए । ‘धनजनको क्षति भएको छैन । पाखाडेरबाट अएको पहिरोले आरणडेरामा क्षति पुर्याउने खतरा देखिएकाले पहिरो नजिकका घर खाली गराएका छौं । पहिरो गएको स्थान वरपर जमिन चर्किएको छ‘, अध्यक्ष पुनले भने । धनजन सुरक्षितका लागि स्थानीय धिरी आधारभूत विद्यालय र स्वास्थ्य चौकीमा बस्ने व्यवस्था गरिएको उनले बताए । ‘धनजन क्षति छैन । तर, खतरा ठूलो छ । तत्काललाई विस्थापितको आवश्यकता पुरा गरिएको छ। स्कुल र स्वास्थ्य चौकीमा आगो बाल्न नमिल्ने भएकाले छाप्रो बनाउँदै छौं‘, उनले भने– ‘थप सहयोगका लागि नगरपालिका, प्रदेशसँग समन्वय हुँदैछ ।‘

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *