पोखरा रोयल सहकारीले शुरु गर्याे स्मार्ट बैकिङ्ग सेवा

आदर्श अनलाइन, पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीले संस्थाको सेवाहरुलाई प्रतिस्पर्धी र बहुउपयोगी बनाउन स्मार्ट बैकिङ्ग सेवा शुरु गरेको छ ।

संस्थाको हरेक कारोबारलाई प्रविधिमैत्री बनाउने अभियान अन्तरगत संस्थाका सञ्चालक तथा व्यवस्थापन कर्मचारीहरुले एकैपटक सेवा लिदै रोयल स्मार्ट बैकिङ्गको शुरुवात गरेको हो । स्मार्ट सोच्नुहोस्, रोयल स्मार्ट बैकिङ्ग रोज्नुहोस् भन्ने नारा सहित शुरु गरिएको संस्थाको आफ्नै नामको मोबाईल एप्लिकेसन अब सदस्यहरुको हात हातमा पुर्याइने भएको छ ।

संस्थाका सञ्चालक, कर्मचारी र सदस्यहरुलाई सर्टिफाईड सहकारीकर्मीको रुपमा बिकास गरिरहेका छौं, अब हामी संस्थाको सेवा र आफ्ना सदस्यहरुलाई स्मार्ट बनाउन चाहन्छौं त्यसैले पनि यो सेवा शुरु गरेका हौं, संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले भन्नुभयो ।

रोयल स्मार्ट बैकिङ्गबाट सदस्यहरले आफ्नै मोबाईलबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट चेक गर्न, सहकारीभित्र खातामा रकमान्तर गर्न, विभिन्न ५३ वटा बैकहरुबाट सहकारीमा र सहकारीबाट बैकहरुमा रकमान्तर गर्न, पानी, बिजुली, ईन्टरनेट, टिभी, टेलिफोनको बिल भुक्तानी गर्न, मोबाईल रिचार्ज, हवाईजहाज तथा सिनेमाको टिकट खरिद गर्न, वालेटमा रकम जम्मा, क्यूआर भुक्तानी, कार्ड रहित एटिएमसेवा र संस्थाको सूचना तथा समाचारहरु एउटै प्रणालीबाट सेवा प्राप्त गर्न सकिने संस्थाका सूचना अधिकारी तथा मूख्य प्रवन्धक मीलन ढकालले बताउनुभयो ।

लकडाउन शुरु भएसंगै सदस्यहरु संस्थामा आउन सकेनन्, आफ्नो खाताको जानकारी लिन, अन्य बिल भुक्तानी गर्न तथा महामारीको बेलामा भौतिक रुपमा उपस्थित भई बचत खातामा भएको रकम समेत कर्जा खातामा घटाउन सकेनन् । साथै अन्य नगदको कारोबार गर्न धेरै सदस्यहरुले भोगेको समस्यालाई मध्यनजर गर्दै संस्थाले हाम्रो टेक्नोलोजि प्रा.लि.संग सहकार्य गरेर यो सेवा शुभारम्भ गरेको हो । संस्थाले कोभिड–१९ महामारीको अवधिभर यो सेवालाई निशुल्क रुपमा रजिष्ट्रेसन गरि सुविधा उपलब्ध गराईरहेको छ ।

गतवर्ष देखि प्रधान कार्यालय पोखरा र तनहुँ जिल्लाको दुलेगौंडा सेवाकेन्द्रबाट एटिएम सेवा मार्फत प्रविधिलाई आत्मसात गरेका सहकारीले स्मार्ट बैकिङ्ग सेवाको शुरुवात गरेसंगै संस्थामा भिडभाड कम हुने, कर्मचारी र सदस्यहरुको समय बचत हुने, आफ्नो कारोबारको परिक्षण घरमै बसी आफैले स्वमूल्याँकन विधीबाट गर्न सकिने र अन्य बैकहरुसंगको सिधा नेटवर्कको कारण वित्तीय कारोबारमा सहजताको यूग प्रारम्भ भएको संस्थाले दावी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *