नेपालमा शासन प्रणालीको बदलिँदो परिवेश


नेपाली जनमानसमा राम्रो कानुन नबनेको भन्ने छ । तर, उनीहरुलाई देश चलाउने शासकहरुका कारणले गर्दा कानुन कार्यान्वयनमा आउन नसकेको हो भन्ने कुरा अझै पनि स्पष्ट छैन । यहाँ ‘साँढेको खेलमा बाच्छाको मिच्चाई’ भन्ने उखान जस्तै भएको छ । किनकी यहाँ एक जनाले अपराध ग¥यो भने सोर्स, फोर्स गरेर निरअपराधीले सजाय भोग्नु परेको छ र सजाय पाउनेमा पनि तीनै गरिब जनता नै छन् । कानुन कहिल्यै खराब हुदैन्, हुन्छ त केवल व्यक्तिमा रहेको शासन जसले निर्दोषलाई आफ्नो हतियार बनाई रहेका छन् ।

शुभेच्छा पन्त
बदलिँदो समयसँगै राष्ट्रमा विकास हुनुका साथै शासन प्रणालीमा समय सापेक्ष परिवर्तन आउनु अनिवार्य हुन्छ । समय अनुकुल देशमा शासन सञ्चालन हुनुले देशमा शान्ति, सु–व्यवस्था, सु–शासन कायम हुन्छ । समयसँगै शासन सञ्चालन गरेमा मात्र देश विकासमा टेवा पुग्दछ । विश्वका जति पनि विकसित राष्ट्र छन्, ति राष्ट्र केवल व्यवस्थित शासन सञ्चालन गरेकाले नै सही मार्गमा पुग्न सकेका हुन् । नेपालको सन्दर्भमा हेर्ने हो भने, वि.सं १९०३ देखि २००७ सम्म जनता राणा शासनमा रहे र यो बेला विधिको शासन थिएन्, शासन सञ्चालन गर्ने जिम्मा राणामा रहेको थियो । समय परिवर्तनसँगै राजनीतिक क्षेत्रमा परिवर्तन आयो, जनताको हित अनुसार ऐन, कानुन बन्यो । यद्यपी कार्यान्यनमा आउन नसक्दा र विधिको शासन नहुदाँ जनता सधैँभरी भोकमरी, गरिबी इत्यादिमा तड्पिएर बाँच्न बाध्य भएका छन् ।

शासन भनेको अनुशासनमा बसेर नेतृत्व लिनु र काम सम्पन्न गर्नु हो । अर्थात विधि, विधान, नीति, नियमको दायरा भित्र बसेर देशको बागडोर सम्हाल्नुलाई नै शासन भनिन्छ । शासन व्यक्तिले गर्ने होइन । विधि, नियम, ऐन, कानुन अनुसार चलाउनु पर्दछ र सोही अनुरुप व्यक्ति चल्नु पर्छ । सोर्स, फोर्सका कारण नातावाद, कृपावादको हावी भएर बडाले जे गेरे उहि हुन्छ सर्वसम्मत भन्ने अवस्था देशमा बढेको छ । यसैले धनी, गरिब बीचको खाडल असमान र गहिरो बन्दै गएको छ, राजनीति प्रति वितृष्णा फैलिएको छ । कानूनको शासनको भनेको कानून भन्दा माथि कुनै पनि समुदाय, व्यक्ति, संस्था हुन सक्दैन, जुनसुकै शक्ति पनि कानुनको अधिनमा रहन्छ भन्ने हो । शासनको सुरुवात अमेरिकामा सन् १७७६ देखि १७८९ बीचमा भएको मानिन्छ । देशमा विधिको शासन गर्ने शासन प्रणाली नै नविन नेपालको नयाँ व्यबस्था हो । संघीयता नै साझा शासनको मूल आधार हो । शासन व्यवस्थामा सरकारका बाहेक सरकारी, गैर–सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सक्रियता हुनुपर्दछ । शासनमा प्रजातान्त्रिकरण गर्नुृपर्छ ।

अहिले देशमा व्यक्ति मोटाउने राज्य दुब्लाउने भएको छ । यो व्यक्तिवादी नीति, दण्ड, जरिवानाको अभाव, व्यक्ति हावी हुने प्रवृतिका कारण यस्तो अबस्था सृजना भएको हो । देशमा ब्यबस्थित रुपमा सञ्चालन गर्नको लागि विधिको शासन अपरिहार्य हुन्छ । जनताको हित अनुसार शासन विधिको हुनुपर्छ । सुशासन देशको मेरुदण्ड हो । सुशासन विना देशको विकास सम्भव छैन । देशमा सुशासन कायम गर्नको लागि विधिको शासन अपरिहार्य हुन्छ । विश्वका विभिन्न देशको सन्दर्भलाई हेर्दा विधिको शासन आपसी सम्मन्वय, सहकार्य एकताबाट मात्र सम्भव भएको देखिन्छ । जुन देशमा विधिको शासन भन्दा व्यक्तिवादी चरित्रको भूमिका बढी हुन्छ, त्यो राष्ट्र अविकसित भएको देखिन्छ । हाम्रो देश नेपाल पनि पछाडी पर्नुको कारण व्यक्तिवादी चरित्रको हावी हुनु हो । अहिले गरिब दुखी जनतालाई हात, मुख जोड्न पनि गाह्रो परेको छ । उनीहरुसँग गाँस, बाँस, कपासको अभाव भएको छ । २०७२ सालको भूकम्प र अन्य विपत्ति जस्तैः– आगलागी, बाढी, पहिरो, हावाहुरी इत्यादिले मानव जीवनमा ठूलो असर परेको छ । उनीहरुले राहत पाएका छैनन् र खुल्ला आकाशमा जिउन बाध्य भएका छन् । र कयौले त अकालमै ज्यान गुमाउनु परेको छ । तर पनि खै यस विषयमा सरकारको ध्यानार्कषण हुनु सकेको छैन । विभिन्न राष्ट्रबाट सहयोग आए तैपनि, ति केवल सोर्स, फोर्स गर्न सक्ने व्यक्तिले मात्र पाएका छन् र दुःखमा परेका घर, जग्गा, जमिन नभएका जनता पीडामा छट्पटिएर केवल श्वासको भरमा बाँच्न विवश भएका छन् । उनीहरुले न खान न बस्न नै पाएका छन् । यदि शासन विधिबाट हुन्थ्यो भने ठूला पदमा भएका व्यक्तिले आफ्नो प्रयोजनका लागि मात्र राख्न सक्ने थिएनन् र देशमा कोही पनि व्यक्तिले भोकमरी, गरिबीको कारणले मृत्युको सिकार बन्नु पर्ने थिएन । तर, व्यक्तिवादी सोच भएका कारण देशमा शान्ति, सुरक्षासँगै विकास हुन सकेको छैन । ३३ किलो सुन काण्डमा पनि सरकार चुपचाप नै रहिरह्यो । राष्ट्रमा बलत्कार, महिला हिंसा, घरेलु हिंसा इत्यादि जघन्य अपराधहरु दिनका दिन बढ्दा पनि सरकार किन चुपचाप बसिरहेको छ ? शासन राम्रोसँग हुन्थ्यो भने र त्यस्ता अपराध गर्ने, देश बिगार्ने व्यक्तिलाई दण्ड, सजाय दिइन्थ्यो भने किन दिनरात जनता हिंसाको सिकार हुनु पर्दथ्यो र ? यही समाजमा ८२ वर्षीय वृद्धवृद्धा आमा बाबालाई, एक छाक पुरा खान नपुग्ने परिवारलाई एक मुठी खाना घटाएर सहयोग गर्ने मन हुन्छ यद्यपी ति व्यक्ति जुन राष्ट्रको सत्तामा देश र जनताको रक्षाका लागि बसेका छन् । उनीहरुमा कदापी सहयोगको भावना आउन सकेन । विधिको शासन हुन्थ्यो भने त व्यक्तिवादी सोचको अन्त्य भएर सबैलाई सम्मान दृष्टिले हेरिन्थ्यो । देशको वर्तमान अवस्थालाई हेर्ने हो भने घुस दिएर डाक्टर, इञ्जििनियर, पाइलट बन्ने प्रवृत्ति दिन प्रतिदिन बढ्दै आएको छ । तर, सत्तामा रहेका व्यक्तिलाई आफ्नो हात र मुख जोड्न बाहेक केही ध्यान छैन ।

नेपाली जनमानसमा राम्रो कानुन नबनेको भन्ने छ तर उनीहरुलाई देश चलाउने शासकहरुका कारणले गर्दा कानुन कार्यान्वयनमा आउन नसकेको हो भन्ने कुरा अझै पनि स्पष्ट छैन । यहाँ ‘साढेको खेलमा बाच्छाको मिच्चाई’ भन्ने उखान जस्तै भएको छ । किनकी यहाँ एक जनाले अपराध ग¥यो भने सोर्स, फोर्स गरेर निरअपराधीले सजाय भोग्नु परेको छ र सजाय पाउनेमा पनि तिनै गरिब जनता नै छन् । कानुन कहिल्यै खराब हुदैन्, हुन्छ त केवल व्यक्तिमा रहेको शासन जसले निर्दोषलाई आफ्नो हतियार बनाई रहेका छन् । नेपालमा कानुन र विधिको शासनले भन्दा पनि व्यक्ति र व्यक्तिको हातमा रहेको शासन सञ्चालनले गर्दा यहाँ कानुनको औचित्य भएको छैन । र कानुनको महत्व पनि बुझेका छैनन् । यहाँ मानिसले पैसा र पावरले कानुन आफ्नो हातमा लिएर कानुन भन्ने शब्दलाई नै नकरात्मक बनाएका छन् । जबसम्म शासन गर्ने जिम्मा व्यक्ति र व्यक्तिको हातमा रहेको हुन्छ, तबसम्म गरिब वर्ग नै मिचिरहन्छन् ।

यसैगरी, मुलुक भित्रै रोजगारको प्रत्याभूति नहुदा युवायुवती खाडी मुलुकहरुमा कामदारको रुपमा जान बाध्य छन् । बजारमा उपभोक्ताको अधिकार दयनीय छ । ज्येष्ठ नागरिकको संरक्षण, हेरचाह र सुनिश्चित भविष्य र वृद्धवृद्धाहरुको संरक्षणमा समस्या छ ।

महिला, बालबालिकाको यातना, कुटपिट तथा दुव्र्यवहारका घटनाहरु बढ्दै गएका छन् । सुशासनका आधारभूत शर्त पुरा गर्न, जनउत्तरदायी, पारदर्शी, शासकीय शक्तिको बाँडफाड अझै मिलेको छैन । त्यसैले सम्बन्धित निकाय र सरकार सचेत भई तुरुन्त योजनावद्ध समाधानमा लाग्नु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *