पहिरो पीडितलाई राहत

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाका पहिरो पीडितलाई राहत रकम प्रदान गरिएको छ ।

पीडितलाई बागलुङ नगरपालिकाको फुडबैङ्कबाट खाद्यान्न र सुमधुर सहकारी संस्थाले २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

राहत प्रदान गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले प्राकृतिक रुपमा पर्ने विपत्ति कसैले रोक्न नसक्ने भन्दै वर्षातको समय सबैले सजकता अपनाउनु पर्ने बताउनुभयो ।

उहाँले ग्रामीण क्षेत्रमा अत्याधिक रुपमा अवैज्ञानिक ढंगले सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको हुदाँ यस तर्फ सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत युक्त सुवेदी, वडा अध्यक्ष शिव प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *