बागलुङमा बेरुजुः हेर्नुहोस्, कुन स्थानीय तहमा कति ?

आदर्श अनलाइन,बागलुङ

जिल्लाका १० स्थानीय तहका २४ करोड भन्दा बढि रकम बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले २०७७ असार मसान्तमा सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदनमा बागलुङका १० वटा स्थानीय तहमा २४ करोड ६ लाख ६३ हजार रुपैयाँ आर्थिक अनुशासन विपरित खर्च भएको उल्लेख छ

बागलुङमा सबै भन्दा बढी रकम बेरुजु गर्नेमा बागलुङ नगरपालिका र सबै भन्दा कम बेरुजु देखिनेमा काठेखोला गाउँपालिका रहेको छ । तर, बजेट अनुपातका आधारमा बजेटको सबै भन्दा बढी प्रतिशत बेरुजु देखिनेमा बरेङ गाउँपालिका (५.५ प्रतिशत) र सबै भन्दा कम काठेखोला गाउँपालिका (०.८०) रकम बेरुजु देखिएको हो ।
हेर्नुहोस् कुन स्थानीय तहमा कति बेरुजु ?

स्रोतः महालेखा परीक्षकको कार्यालय

महालेखा परीक्षकको कार्यालयका महालेखा परीक्षक टंकमणि शर्माका अनुसार रकमान्तर नगरी विनियोजित भन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, गण्डकी प्रदेश कार्यालयले बनाएको नीति विपरित रकम खर्च गरेको,जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताका नाममा दोहोरो सुविधा लिएको, सार्वजनिक खरिद ऐन प्रतिकूल हुने गरी निर्माण उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा बिना सामग्री खरिद र योजनाको काम भएको छ ।

नीतिगत व्यवस्था विपरीत स्थानीय तहका जनप्रतिनिधि खरिद कार्यमा संलग्न भएको, पेश्की लिएको समेत उल्लेख गर्दै महालेखाले सम्बन्धित तह र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । टोलीले आर्थिक मितव्ययिता नअपनाएको शिर्षक अनुसार खर्च नगरेको, क्षेत्राधिकार भन्दा बाहिर गएर खर्च गरेको जस्ता कारण उल्लेख गर्दै आगामी दिनमा सक्दो आर्थिक अनुशासन कायम गर्न सुझाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *